रुपन्देही, ४ वैशाख । स्थानीय ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा आज १५ वर्षीया एक किशोरी मृतावस्थामा फेला परेकी छन् ।
सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
“उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने आशङ्का छ तर विस्तृत विवरण शव परीक्षणपछि आउला”, उहाँले भन्नुभयो । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्