ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किशोरकिशोरी यौन र प्रजननका पुस्तक के गर्छन ?


एबीसी न्यूज
बैशाख ३, २०७५ सोमबार   २ : ५०   बजे

शीतलपाटी, सिन्धुली, ३ वैशाख । “महिनावारी भएका किशोरीले मात्र आवश्यकताअनुसार प्याड झिक्नुहोला । कति पिस लाने हो, रजिष्टरमा जनाइदिनुहोला ।”

तपाईंलाई लाग्न सक्छ, ती वाक्यांश स्वास्थ्य संस्थामा टाँस गरिएको सूचना होला । होइन, अहिले सिन्धुलीका उच्च माध्यमिक विद्यालयका पुस्तकालयमा छिर्नेबित्तिकै ती वाक्यांशले सबैलाई ध्यानाकर्षण गराउँछ ।

“किशोरी छात्राले पढाइलाई (विशेषतः हाजिरीमा) किन निरन्तता दिन सक्दैनन् भनेर खोजी गर्दा महिनावारी पनि एक कारण रहेछ, महिनावारी हुँदा पढ्न जाँदा साथीले के भन्छन्, तल्लो पेट दुखिरहने, कहिलेकाहीँ त बढी रक्तस्रावसमेत हुने भन्दै उनीहरु विद्यालय नआउने रहेछन् ।” दीर्धप्रदीप उच्च माध्यमिक विद्यालय शीतलपाटीका स्वास्थ्य विषयका शिक्षक लोकबहादुर श्रेष्ठ विगतका समस्या सुनाउनुहुन्छ ।

“अभिभावक भेला, व्यवस्थापन समितिका बैठक एवं विद्यालयको आन्तरिक छलफलमा पुस्तकालयको एउटा दराजमा उनीहरु (छात्रा)को सहज पहुँच पुग्ने गरी सेनेटरी प्याडको व्यवस्था गरी वितरण कार्य शुरु गरौँ । अहिले खुलेर महिनावारी भएका छात्राले प्याड लान्छन् र प्रयोग गर्छन् त्यसैले उनीहरुको विद्यालय उपस्थितिमा असर परेको छैन । पढाइमा निरन्तता छँदैछ । खुलेर आफ्ना यौन तथा प्रजनन समस्या भन्ने गर्छन् ।” सोही विद्यालयका प्रअ शंकर उप्रेतीले भन्नहुहुन्छ । कक्षा आठदेखि १२ सम्मका करीब १५० भन्दा बढी छात्राले मासिक रुपमा सेनेटरी प्याडको प्रयोग गर्ने गरेको विद्यालयको तथ्याङ्क छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएको सो विद्यालयले जस्ताको टहरामुनि भए पनि पुस्तकालय सञ्चालन गरेको छ । “यौन तथा प्रजनन स्वास्थ्यका कुरा गर्न छात्रछात्रा लजाउँथे, कक्षामा मुख छापेर बस्थे । पुस्तकालयमा यससम्बन्धी जानकारीमूलक सामग्री राख्न थालेपछि उनीहरु लजाउन छाडे । अहिले त खुलेर आफ्ना कुरा भन्छन् । चिकित्सकीय समस्या भएमा स्वास्थ्य चौकी जाउ भन्छु”, शिक्षिका गोमा सुवेदीले भन्नुहुन्छ ।

कथा, कविता, उपन्यासलगायत विभिन्न विधाका पुस्तक पुस्तकालयमा छन् । साथैै किशोरकिशोरीका लागि आवश्यक पर्ने यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पुस्तक, पम्प्लेट, बुकलेट एवं छात्राका लागि सेनेटरी प्याडको व्यवस्था छ ।

“किशोरकिशोरी अवस्थाका लक्षण, कुन उमेरमा विवाह गर्ने, कति समयपछि बच्चा जन्माउने, परिवार नियोजनका कुन साधन कसरी अपनाउने, सुरक्षित यौन व्यवहार भनेको के हो ? लगायतका कुरा यहाँ ( पुस्तकालय) पढ्न पाइन्छ ।” सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा सजिना माझी बताउनुहुन्छ ।

सुनकोशी बाल सञ्जालका अध्यक्षसमेत रहनुभएका माध्यमिक विद्यालय परीक्षा सकाएका प्रदीप माझी भन्नुहुन्छ, “पुस्तकालयमा रहेका यौन तथा प्रजननसम्बन्धी जानकारी भएका पुस्तक लुकेर होइन खुलेर पढ्छौँ । यौन तथा प्रजननबारे छलफल तथा बहस गर्छांै । समस्या आए नजिकको स्वास्थ्य चौकीमा जान्छौँ । आफ्ना कुरा बाआमा र आफन्तलाई समेत सुनाउँछौँ ।”

किशोर किशोरीमैत्री बन्दै विद्यालय र स्वास्थ्य संस्था 

पछिल्लो समय सिन्धुलीका माध्यमिक विद्यालय र स्वास्थ्य संस्था किशोरकिशोरी मैत्री बन्दै गएका छन् । यसका लागि राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए)को आर्थिक एवं प्राविधिक सहयोगमा सन् २०१० देखि नै किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमले सहयोग पु¥याइराखेको छ । विद्यालयका पुस्तकालयमा पढ्ने सामग्री, छात्राका लागि प्याड, शिक्षक शिक्षिकालाई तालीम तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई तालीम, आवश्यक पर्ने सामग्री एवं स्वास्थ्य चौकीलाई किशोरकिशोरीमैत्री बनाउन आवश्यक सबै प्रकारका सहयोग कार्यक्रमले गरेको युएनएफपिएका किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकृत मञ्जु कर्माचाय जानकारी दिनुहुन्छ ।

“मित्रता र माया, यौन र प्रजनन शिक्षा अधिकार, विवाह, गर्भावस्था, यौनरोग तथा एचआइभी एड्स, किशोरावस्था, यौन र यौनसम्बन्धी पुस्तकले मैले पढेँ । यसले मलाई यौन तथा प्रजननका विषयमा खुलेर कुरा गर्न सिकायो । मैले सिकेका कुरा साथी एवं बाआमालाई भन्ने गरेको छु । केही समस्या आयो भने तत्काल स्वास्थ्य चौकीमा जाने गरेको छु । स्वास्थ्यकर्मीले हँसिलो हुँदै सेवा दिने गर्नुहुन्छ ।” चन्द्रावती उच्च मावि बेलघारीमा कक्षा ११ मा अध्ययनरत लक्ष्मी मल्ल भन्नुहुन्छ । अति सुन्दर र मनमोहक तीनपाटन फाँटको बीचमा रहेको बेलघारी स्वास्थ्य चौकीले नेपालमै पहिलोपटक किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा दिने स्वास्थ्य संस्था भनी सम्मानपत्र पाएको थियो ।

जिल्लाका सबै २४ स्वास्थ्य चौकी र ३० विद्यालयलाई किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यमैत्री बनाउन सहयोग जारी रहेको युएनएफपिएका सूचना सञ्चार तथा पैरवी विज्ञ सन्तोष क्षेत्री जानकारी दिनुहुन्छ ।

विद्यालयको पुस्तकालय नै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सूचना केन्द्र र नजिकको स्वास्थ्य चौकी उनीहरुका लागि आफ्नो समस्या समाधान गर्ने स्थलका रुपमा विकसित हुन थालेपछि यहाँका किशोरकिशोरी एवं तिनका अभिभावकको समेत स्वास्थ्य स्थितिमा आमूल सुधार आएको छ । चन्द्रावती उच्च मावि बेलघारीका प्रअ अर्जुन घिमिरे भन्नुहुन्छ, “माथिल्लो कक्षामा छात्रा अनुपस्थित हुने दर घटेको, बालविवाह हुनेक्रम रोकिएको, परिवार नियोजनका साधन प्रयोगमा वृद्धि भएको, अनिच्छुक गर्भाधारण रोकिँदै गएको छ । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतनाको क्रम बढ्दो छ ।”

नेपाल पारिवारिक तथा स्वास्थ्य सर्वेक्षण २०११ का अनुसार सिन्धुलीमा २९ प्रतिशत विवाह १९ वर्षमुनि नै हुने गरेको, परिवार नियोजनका साधन प्रयोगमा न्यून मात्रामा हुने गरेको तथ्याङ्क थियो भने किशोरकिशोरी तथा युवा सर्वेक्षण २०१२ का अनुसार विवाहितमध्ये ५३ प्रतिशत युवा र ३७ प्रतिशत युवतीले मात्र आफ्नो रोजाइले जीवनसाथी चयन गर्दथे । उनन्चालीस प्रतिशत युवक र आठ प्रतिशत युवतीले आफ्नो प्रेमीपे्रमिकासितको एकान्त भेट (डेटिङ) का बेला यौन सम्पर्क गरेको सोही सर्वेक्षणले देखाएको थियो ।

किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवाको प्रमाणपत्र प्राप्त शीतलपाटी स्वास्थ्य चौकीका प्रमुख तथा वरिष्ठ अहेव निशा बराल विद्यालयमा यौन तथा प्रजनन सूचना केन्द्र र स्वास्थ्य चौकीमा छुट्टै सेवा केन्द्र हुँदा समग्र प्रजनन स्वास्थ्यमा सुधार हुँदै गएको बताउनुहुन्छ । गत वर्ष सो स्वास्थ्य चौकीबाट सेवा लिएका चार हजारभन्दा बढीमध्ये ६३ प्रतिशतले परिवार नियोजनसम्बन्धी सेवा लिएका थिए ।

सिन्धुलीका जनस्वास्थ्य प्रमुख गौरव ढकाल किशोरकिशोरीका यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रमले प्रजनन स्वास्थ्यलाई माथि उठाएको उल्लेख गर्नुहुन्छ । परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारी किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रम उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत रहेको जानकारी दिँदै एक हजार १३४ स्वास्थ्य संस्थाले किशोरकिशोरीमैत्री सेवाको प्रमाणपत्र पाएको जानकारी दिनुहुुन्छ । महाशाखाले नौ वटा आधार पूरा गरेमा त्यस्ता स्वास्थ्य संस्थालाई सो प्रमाणपत्र दिने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group