ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानिय जनप्रतिनिधिले अपेक्षा अनुसार काम नगरेको स्थानियको आरोप


admin

गुल्मी, २ बैशाख । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि नागरिकले उनीहरुसँगै धेरै अपेक्षा गरेका थिए । आफूले चुनेर पठाएका प्रतिनिधिहरुले अनुभूति हुने खालका परिवर्तन गर्छन् भन्ने आशा नागरिकमा छ । तर, आधारभूत आवश्यकता नै पूरा गर्न नसकेपछि गुल्मीको रेसुंगा नगरपालिकावासीले भने स्थानीय सरकारसँग गुनासोको थुप्रो लगाएका छन् ।

राजनीतिक दलहरुले सिंहदरबारको अधिकार गाउँमा पुगेको बताउँदै आएका छन् । यसको अर्थ स्थानीय तहमा नै सम्पूर्ण अधिकार दिइएको छ । तर, गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यशैलीले सिंहदरबारको अधिकार गाउँसम्म पुग्न नसकेको देखिन्छ ।

जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेको लामो समय भएपनि कुनै परिवर्तनको प्रत्याभूति नभएको सेवाग्राहीहरुको गुनासो रहेको छ । गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा प्रसाद भुसाल जिल्लाकै पुरानो नगरपालिकामा भए पनि रेसुंगामा अस्तब्यस्त ट्राफिक, भत्किएका सडक, लोडसेडिङ, अस्वस्थ खानेपानी रहेको बताउँछन् ।

नगर प्रमुख डिल्लीराज भुसाल पनि नगरपालिकामा विद्युत् लगायतका समस्या रहेको स्वीकार्छन् । नगरप्रमुखका अनुसार रिडी तम्घास सडक र तम्घासभित्रको सडक जीर्ण छन् । यस्ता समस्या आफूले नजिकबाट नियालिरहेका र त्यसलाई प्राथमिकताका आधारमा सकेसम्म छिट्टै समाधान गर्ने नगरप्रमुख भुसालको भनाइ छ ।

नगरपालिकाभित्र बसोबास गर्ने नागरिकलाई सुविधा दिने दायित्व नगरपालिकाको हो । तर, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधारबारे नगरपालिका गम्भीर नभएको नागरिकहरुको गुनासो छ ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल नागरिकको यस्ता गुनासो चाँडै सम्बोधन हुने बताउँछन् ।

लामो समयपछि जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेकाले नागरिकले परिवर्तन चाँडै चाहेको प्रमुख जिल्ला अधिकारी गोपाल अर्याल बताउँछन् । त्यसैले ठोस योजना बनाएर कार्यान्वय गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी अर्यालको जोड छ ।

आफूले चुनेर पठाएका प्रतिनिधि महसुस हुने परिवर्तन गरोस् भन्ने नागरिकको चाहना छ । उनीहरु आधारभूत सुविधा स्थानीय सरकारले पूरा गरोस् भन्ने चाहन्छन् । त्यसैले नागरिकको चाहनालाई स्थानीय सरकारले ठोस योजना बनाएर पूरा गर्न आवश्यक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com