ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ लाई फर्केर हेर्दा, एक समिक्षा


एबीसी न्यूज

वि सं. २०७४ लाई अन्तराष्ट्रिय जगतलाई फर्केर हर्दा विश्वमा ठुला ठुला घटना भएका छन् । यस वर्ष पनि धेरै उतार चढाव कायमै रह्यो । विश्वमा शक्तिशाली राष्ट्रहरु नै चर्चामा आउने कुरा नौलो होइन । २०७४ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ ।

शक्तिशाली राष्ट्रहरु अमेरिका र चीन २०७४ को अन्त्यतिर व्यापार युद्धमा होमिएका छन् । मार्च २२ मा अमेरिकाले चीनबाट आउने ६० अर्ब डलर बराबरको सामानमा करको दर बढाउने र अमेरिकामा चिनिया“ लगानीलाई सीमित बनाउने घोषणा गरेपछि चीन पनि चीनले पनि अमेरिकाबाट आयात गरिने अमेरिकी सामग्रीहरूमा भन्सार दर बढाएको छ ।

विदेशी स्टील र एलुमिनियमा कर बढाउने डोनल्ड ट्रम्पको निर्णयपछि चीनले बङ्गुरको मासु र वाइनसहित अमेरिकाबाट आयात गरिने १ सय २८ बस्तु र सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाएको छ । यद्यपी नोभेम्वर ८ देखि १० सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको भ्रमण गरेका थिए । यो भ्रमणले दुवै देशबीचको बढ्दो दूरी घटाएको मात्र होइन उत्तरकोरिया विश्वकै लागि चिन्ताको विषय भएको साझा धारणा बनाउन सफल भएको मानियो ।
यसवर्ष अमेरिकी राष्ट्रपति ट्रम्प नै विवादमा आए । ट्रम्पको माफी माग्नेदेखि चेतावनी दिनेसम्मका घटनाले चर्चा पायो । उनीसँग जोडिएर उत्तर कोरिया र रुससंग विवाद भइरह्यो भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए ।
फेवु्रअरी १० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाए । यी प्रतिवन्धमा पर्ने देशहरूमा इराक, इरान, लिविया, सोमालिया, सुडान, सिरिया र यमन रहेका छन्।

उत्तर कोरियाली परमाणु परीक्षणसँंगै त्यँहाका नेता किम जोन उनका बारेमा पनि विश्वको चासो रह्यो । नेता किम जोन उनका सौतेनी दाजु किम जोन नामको मलेसियाको क्वालालाम्पुर विमानस्थलमा १३ फेबू्रअरीमा हत्या गरिएको थियो । अक्टोबरको पहिलो साता उनले आफ्नी बहिनी किम योजङलाई वर्कर्स पार्टीको पोलिटब्यूरो सदस्य र पूर्व प्रेमिका होन सोङ वोनलाई केन्द्रीय समितीमा बढुवा गरेको कुरा चर्चाको शिखरमा रह्यो ।

अक्टोवर १० मा उत्तर कोरियाले ह्याकिङ प्रणाली मार्फत् दक्षिण कोरियाको महत्वपूर्ण दस्तावेजको चोरी गरेको कुराले विश्वभर सनसनी मच्चायो ।
म्यानमारमा सीमामा ९ जना म्यानमारका प्रहरी मारिएपछि यसको दोष अल्पसंख्यक रोहिंगामाथि थोपर्दै सरकारले सैनिक परिचालन गर्दा रोहिंगा वस्तीहरूमा आगजनी, सयौंको हत्या गरेपछि देश छाडेर भाग्न वाध्य भए । अहिले छिमेकी मुलुक बंगलादेशमा मात्र ६ लाखभन्दा बढी रोहिंगा शरणार्थीले नारकीय जीवन विताइरहेका छन् ।

न्यूयोर्कमा एक बन्दुकधारीको अन्धाधुन्द गोली प्रहारबाट ९ जना सर्वसाधारणको हत्या भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिट्ठा खारेज गर्ने भाषणले विश्वभर तरंग ल्यायो । ट्रम्पले डिभी चिट्ठाबाट काम नलाग्ने मान्छे मात्र अमेरिका आउने गरेको बताए ।

२१ नोभेम्बर २०१७ मा जिम्बाब्बेका राष्ट्रपति रोवर्ट मुगाब्बेले राजीनामा दिए । उपराष्ट्रपतिलाई हटाएर आफ्नी श्रीमतीलाई उत्तराधिकारी बनाउन खोजेकाले सेनाले त्यसलाई रोक्न कदम चालेको बताएको थियो । उपराष्ट्रपति सैनिकहरू माझ लोकप्रिय रहेको बताइन्छ ।

यसै वर्ष २७ सेप्टेम्वरमा साउदी राजा सलमानले महिलाहरूलाई पनि सवारी अनुमती पत्र दिनुका साथै घर बाहिरका कामसमेत गर्न दिने आदेश जारी गरे । यसअघि त्यहाका महिलालाई सवारी साधन मात्र होइन घर वाहिर एक्लै हिडडुल गर्न पनि बन्देज थियो।
७ डिसेम्वर २०१४ मा अष्टे«लियाको दुवै सदनले समंलिगी विवाहलाई कानुनी मान्यता दिनेसम्वन्धि विधेयकलाई पास गरेको छ । गर्भनरले त्यसलाई प्रमाणिकरण गरेपछि कानुनको रूपमा लागु हुनेछ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनले वर्तमान राष्ट्रपतिलाई थप शक्तिशाली बनायो । राष्ट्रपति शी जिङपिङलाई दोश्रो कार्यकालका लागि मात्र चुनेन माओत्सेतुङपछिको शक्तिशाली राष्ट्रपति टह¥यायो ।

१२ नोभेम्वर २०१७ मा इरानमा ७.३ रेक्टर स्केलको भूकम्पका कारण ४ सय ६० भन्दा बढीको मृत्यु भयो भने १२ हजार घर ध्वस्त भए ।
नोभेम्वरको पहिलो साता यमनी राष्ट्रपति अब्दुरावहु मन्सुर हदी साउदी अरेबियामा नजरबन्द भए । यमनको केही भूभाग साउदी नेतृत्वको सेनाको नियन्त्रणका कारण ८० हजारभन्दा बढी नागरिक प्रभावित छन् ।

६ नोभेम्वर २०१७ मा साउदी राजकुमार मन्सुर विन मुक्रिनको हेलिकप्टर दुर्घटनामा मृत्यु भयो ।
यस वर्ष सम्मानित मानिएको बेलायती दरवार पनि विवादको घेरामा तानियो । ६ नोभेम्वरमा प्रकाशित समाचारमा ‘प्याराडाइज पेपर्स’ को हवाला दिदैं वेलायती महारानी कर छलिको आरोपमा परिन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य सेवामा तेस्रो लिङ्गीको प्रवेशमा रोक लगाउने प्रस्तावलाई वासिंगटन डिसीस्थित जिल्ला अदालतले खारेज ग¥यो ।

अनलाइन सपिङ कम्पनी अमेजनका सीइओ जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भए । २८ अक्टोवरमा फोब्र्स पत्रिकाले प्रकाशित गरेको सूचीमा जेफको सम्पति ९० अर्ब ६० करोड डलर छ ।
अक्टोवर ९ मा अमेरिकी अर्थशास्त्री रिचार्ड थालरलाई अर्थशास्त्र तर्फको नोबल पुरस्कार विजेता घोषण गरियो भने ६ अक्टोवरमा नोबल शान्ति पुरस्कार अन्र्तराष्ट्रिय परमाणु हातहतियार निर्मुल पार्ने अन्तराष्ट्रिय संस्था ‘आइक्यान’ लाई दिइयो ।
चीनले दोक्लममा सडक बनाउन लागेपछि भारतले दोम्लम भुटानको भन्दै तीनहजार बढी सैनिक तैनाथ गरेपछि चुलिएको विवाद अगस्टमा २८ मा चीन र भारतबीच दोक्लम विवाद समाप्त पार्ने सहमति भयो ।
२५ सेप्टेम्वर २०१७ मा जर्मन चान्र्सलर एगेंला मर्केल चौथो कार्यकालका लागि निर्वाचित भइन् ।
२० सेप्टेम्वरमा मेक्सिकोमा ७ दशमलब १ रेक्टरस्केलको भूकम्प जाँदा सय बढीको मृत्यु भयो भने भने अर्बाैको नोक्सानी भएको भएको थियो ।
यसै वर्षको ५ जुनमा साउदी अरेबियाको नेतृत्वमा ६ मुलुकहरुले कतारमाथि आर्थिक नाकाबन्दीको घोषणा गरेका थिए ।
४ सेप्टेम्वर २०१७ मा जापानबाट एउटा सनसनी खोज समाचार विश्वभरी फैलियो । जापानी राजकुमारी माकोले एक सामान्य युवकसँग विवाहको घोषणा गरि शाही सुखभोगलाई तिलाञ्जली दिएको घोषणा गरेकी थिइन् ।

भारत, हरियाणाको हिसारमा मुख्य आश्रम रहेको ‘डेरा सच्चा सौदा’ का प्रमुख गुरमित रामरहिम सिंहलाई २५ अगस्तमा अदालतले बलात्कारी ठहर गर्दै काराबासको सजाय सुनायो । अदालतको फैसलापछि भड्किएको हिंसामा १० जनाको मृत्यु भयो ।
१७ अगस्टमा फोब्र्स पत्रिकाले एम्मा स्टोनलाई २०१७ का लागि सबैभन्दा महंगी कलाकार भएको तथ्यांक सार्वजनिक ग¥यो ।

८ अगस्टमा केन्यामा राष्ट्रपति निर्वाचनमा उहुरु केन्याटा विजयी भए । निर्वाचनमा धाँधली भएको भन्दै अदालतमा परेको मुद्दामा अदालतले बदर गरी सेप्टेम्वर २६ मा पुन ः निर्वाचनको आदेश जारी ग¥यो ।

भ्रष्टाचारको अभियोगमा अदालतले अयोग्य ठहर गरेपछि २८ जुलाईमा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिए । सरिफपछि मुस्लिम लिगले सरिफकै भाई शहवाज सरिफलाई प्रधानमन्त्री प्रस्ताव र्गयो ।
उपमुख्यमन्त्री बनाइएको लालु यादवका कान्छा छोरा तेजश्वी यादवसंग राजनीतिक टसल बढेपछि भारत बिहारका मुख्यमन्त्री नीतिशकुमारले २६ जुलाईमा पदवाट राजीनामा दिए । भारतीय जनता पार्टीको समर्थनमा उनी भोलीपल्टै पुनः मुख्यमन्त्री भए ।
भारतको पश्चिम बंगाल सरकारले सबैका लागि बंगाली भाषा अनिवार्य गरेपछि नेपाली भाषी दाजिलिङवासीले सुरु गरेको आन्दोलनकै क्रममा गोर्खाल्याण्डको मागलाई दोर्होयाए । यस क्रममा दाजिलिङमा महिनौं कफ्र्यु लागेको थियो ।

८ मे मा भएको आम निर्वाचनमा फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका ३७ वर्षीय एम्मानुयल मार्कोन विजयी भएका थिए ।
इजरायलको राजधानी जेरुसेलमलाई अमेरिकाले मान्यतादिने निर्णय अकस्मात सार्वजनिक गर्यो । यसले विश्वका मुस्लिम देशहरुलाई आन्दोलित बनायो । पछि यस मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ म मतदान नै भयो ।

जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको राजनीतिमा बढी पत्नीमोह देखाएको कारण अन्त्य भएको छ । सेनाको नजरबन्दबाटै मुगाबेले राजिनामा बुझाएपछि सेनाको समर्थन प्राप्त पूर्वउपराष्ट्रपति इमर्सन मनङ्वा नयाँ राष्ट्रपति भए ।
चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि चिनफिङलाई पार्टीको विधानमा माओ त्सेतुङ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि चिनफिपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ ।

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको नेतृत्व १९ वर्षपछि अर्को पुस्तामा हस्तान्तरण भएको छ । गत १९ वर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले उपाध्यक्ष राहुल गान्धीलाई नै अध्यक्ष बनाएको विषयले भारतमा चर्चा पायो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com