ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७४ मा कस्तो रहर्यो स्वास्थ्य क्षेत्र


एबीसी न्यूज

विगतका वर्ष जस्तै यस वर्ष पनि स्वास्थ्य क्षेत्रमा खासै फरक नआएपनि केहि सुधारोन्मुख कामहरु भने भएका छन् । यस बर्ष बिरामीको स्वास्थ्यमाथि चिकित्सकले खेलवाड पनि गरेका छन् ।
२०७४ सालमा स्वास्थ्य क्षेत्रमा केहि सुधारका प्रयास भएको मान्न सकिन्छ । तत्काललिन स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु गरे । उनको कार्यकालमा केही नीतिगत सुधारका काम भएका छन् । १ सय ९८ प्राथमिक स्वास्थ्य केन्द्रमै स्थायी, अस्थायी, करार र छात्रवृत्तिका चिकित्सक पठाउने, बाथमुटु रोगको शल्यक्रिया निःशुल्क, देशभित्रै पहिलो पटक कलेजो प्रत्यारोपण, सबै सरकारी अस्पताल ९ देखि ३ बजेसम्म खुल्ला गर्ने र ३ देखि ५ बजेसम्म विस्तारित सेवा सञ्चालन गर्नुपर्ने, सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला लगायतका सुधारका कामहरु २०७४ मै भएको हुदा यस वर्षलाई स्वास्थ्य क्षेत्रमा सुधार वर्ष भन्न सकिन्छ ।मानव अङ्ग प्रत्यारोपण नियमावली जारी भएको छ । आठ वर्षदेखि अल्झिएको नियमावली २०७४ सालमा गगन थापा स्वास्थ्य मन्त्री भएपछि नै पारित भएको थियो ।
जसअन्र्तगत विशिष्टलाई १५ लाख रुपैयाँ भन्दा बढी उपचार खर्च नदिने, नवजात शिशुको निःशुल्क उपचार, पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षण लगायतका व्यवस्था पनि यसै वर्षबाटै सुरुभएको हो । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ अनुसार अब मस्तिष्कघात भई मृत्यु भएकाहरुको आठवटा अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला भएको छ । मस्तिष्कघातबाट मृत्यु भएकाहरुबाट दुई मिर्गौला, दुई फोक्सो, प्याङ्क्रियाज, सानो आन्द्रा र आँखा एक व्यक्तिबाट अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको हो ।
बाथमुटु रोगको शल्यक्रिया सरकारले यसै वर्षदेखि निःशुल्क 

बाथमुटु रोगको शल्यक्रिया सरकारले यसै वर्षदेखि निःशुल्क गरेको छ । जसअनस्ुसार १५ वर्षदेखि ७० वर्षसम्मकालाई यो सेवा गंगालाल हृदयरोग केन्द्र, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिइँदै आएको छ । त्यसैगरि वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण निशुल्क गरिएको छ । मिर्गौला रोग प्रत्यारोपणका लागि ती अस्पतालहरुलाई सरकारले डेढ करोड रुपैयाँ दिइसकेको छ ।

तीन ठूला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता

सरकारले तीन ठूला रोगका बिरामीलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गरेको छ । मृगौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालासिस भएका बिरामीलाई मासिक पाँच हजार भत्ता दिन थालेको छ । स्वास्थ्यमन्त्री दीपक बोहराले बिरामीको जीवनयापनलाई सहज बनाउनको लागि प्रतिव्यक्ति पाँच हजारको दरले जीविकोपार्जन भत्ता दिने व्यवस्था गरेका हुन् । त्यसैगरि, सरकारले निशुल्क दिने घोषणा गरेका औषधीहरु अस्पतालमार्फत् वितरण गरिएका छन् । गाउँ–गाउँका स्वास्थ्य इकाईहरु जस्तै जिल्ला अस्पतालमा ७० किसिमका, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका र स्वास्थ्य चौकीमा ३५ किसिमका औषधिहरु पठाइएको छ ।

निजी अस्पतालमा पनि १० प्रतिशत सेवा निशुल्क

गत पुस १ गतेदेखि सबै निजी तथा सामुदायिक अस्पतालहरुले गरिब, एकल महिला तथा जेष्ठ नागरिकहरुलाई १० प्रतिशत निशुल्क सेवा दिनुपर्ने व्यवस्था गरेको छ । आफू विपन्न नागरिक भएको सिफारिस लिएर फारम भरेपछि निजी अस्पतालले १० प्रतिशत सेवा निशुल्क दिनुपर्नेछ । यसरी भरिएको फारम अस्पतालले सार्वजनिक गर्नुपर्ने हुँदा बिपन्न तथा असहायले मात्र सेवा पाउने व्यवस्था गरेको छ ।
त्यसैगरि यो वर्षको अन्तिममा गत फागुन १४ गतेदेखि सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले सिटामोलको व्यवसायिक उत्पादन सुरु गर्यो ।
जीउ ज्यानमाथि खेलवाड गर्ने काम 

यसवर्ष स्वास्थ्य क्षेत्रमा सुधार र राम्रो काम मात्र भएन जनताका जीउ ज्यानमाथि खेलवाड गर्ने कामले पनि निकै चार्चा पायो नक्कली डाक्टर फेला पर्ने देखी सुविधा सम्पन्न राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्मका निजी अस्पताहरुले रोगको पहिचान नै खुर्टा चिर्ने देखी परिवार नियोजन गर्दा आन्द्रा समेत काटेका घटनाहरुले स्वास्थ्य क्षेत्रमा भएको लापरवाहीको नमूना नै प्रदर्शन गरे डाक्टरहरुले ।
काठमाडौंको नर्भिक अन्तराष्ट्रिय अस्पतालका डाक्टरले उपचारका क्रममा देब्रे खुट्टा अपरेशन गर्न भन्दै भर्ना भएकी विन्दु पौडेलको दाहिने खुट्टाको घुँडाको अपरेशन गर्यो । नर्भिक अन्तराष्र्टिय अस्पतालका डाक्टर प्रविण नेपालले भने कतिसम्मको लापरबाही देखाए भने विरामीको विमार नै मेसो नपाइ देब्रे खुट्टाको साटो दाइने खुट्टा चिरफार गरे ।

त्यसैगरि सप्तरी विष्णुपुर गाउँपालिका– ५ की २८ वर्षीया अनुकुमारी यादव परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको थियो । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा उनको आन्द्रा काटियो । यस वर्ष डाक्टर , अस्पतालको लापरवार्ही पनि चर्चाको विषय बनिरहर्यो । दुर्गम जिल्ला मात्र होइन सुगम मानिएका तराईका जिल्लाहरुमा समेत आवश्यक औषधिको अभाबले यस वर्ष पनि चर्चाको विषय बन्यो । सिटामोलदेखि साधारण रुघाखोकी मात्र होइन गर्भवति महिलालाई आईरन चक्की समेत अभाव का समाचारहरु दिन प्रतिदिन अखवारका पाना र टेलिभिजनका स्क्रिनमा छाए । यति मात्र होइन सेवाग्रहीमाथि दुव्र्यहार गरेको आरोपमा स्थानिय बासीले जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर जितेन्द्र सिंह माथि कुटपिट गरेको बिरोधमा सबै अस्पताल तथा मेडिकलले उपचार सेवा बन्द गरेर जिल्ला नै छोड्नु परेको घटना पनि यस वर्ष चर्चाकै विषय बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com