काठमाडौ, १४ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचन उत्साह जनक रुपमा सुरु भएको छ । बुधवार भइरहेको मतदानमा सर्वसाधारण मात्र होईन शिर्ष पार्टीका शिर्ष नेताहरु आफनो गृह जिल्लामा पुगेर मतदानमा भाग लिइरहेका छन ।
बुधवार प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको निर्वाचन सुरु भएको छ । मतदान गर्नका लागि बिहान ७ बजे देखि ५ बजेसम्म सर्वसाधरण तथा शिर्षलदलका नेताहरुले आफनो मतदान केन्द्रमा पुगरे मतदान गरेका हुन । दोस्रो चरणको निर्वाचनमा पार्टीका शिर्ष नेताहरुले पनि आफनो जिल्लाबाट मतदान गरेका छन । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाँउपालिकाको असिग्राम उच्च माध्यामिक विद्यालय केन्द्रमा मतादन गरेको छन ।
उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार सुनसरीमा पुगेर मतदान गरेका छन । गृहमन्त्री जनार्दन शर्मा रुकुम परराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले रोल्पा नगरपालिकाको एक नम्बर वडाको मेवाङ केन्द्रबाट मतदान गरेका छन् ।
सभामुख ओनसरी घर्तीमगरले रोल्पाको लिवाङ ७ को बालोदय माध्यामिक विद्यालय केन्द्रबाट सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् पूर्व मन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि मतदान गरेका छन् । माओवादीकी अर्की नेतृ जयपुरी घर्तीले रोल्पाको राङ्सी केन्द्रबाट मतदान गरेकी छन् । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले अर्घाखाँचीबाट मतदान गरेका छन त्यस्तै नेकपा एमालेका नेता झलनाथ खनालले ईलामको सुर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि केन्द्रबाट,उपाध्यक्ष वामदेव गौतमले वर्दिया बाँसगढी–८ को त्रिभुवन उच्च मावि केन्द्रबाट गरेका छन । यस्तै एमाले नेता भिम रावल अछामको साँफेबगर नगरपालिका वडा नं ६ स्थित चन्द्रोदय आधारभूत प्राबिबाट र सुवास नेवाङले ईलाम नगरपालिका–७ बालमन्दिर आधारभुत विद्यालय केन्द्रबाट मतदान गरेका छन । नेकपा एमाले नेता विष्णु पौडेलले रुपन्देहीबाट मतदान गरेका छन । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मोरङको विराटनगरबाट मतदान गरेका हुन ।
यस्तै नेपालगन्ज–१० भृकुटीनगर निवासी १ सय ८ वर्षीया ओबिकुमारी पन्थीले बुधबार स्थानीय तहको निर्वाचनमा भोट हालेकी छिन् । जिल्ला वन कार्यालय बाँके ‘क’ केन्द्र बाट मतदान गरेकी हुन ।
प्रतिक्रिया दिनुहोस्