ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जितगढी किल्लामा सेनाले चासो देखाए पछि…..


sharan sharan
चैत्र ३०, २०७४ शुक्रबार   १० : ०७   बजे

बुटवल, ३० चैत्र ।
‘अङ्ग्रेज–गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास रहेको रुपन्देहीको जितगढीलाई राज्यसंचालकरुले चटक्कै बिर्सिंदिंदा इतिहासमा अंग्रेज फौजलाई हराए पनि वर्तमानमा जीतगढी आफैमा हारिरहेको छ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा रहेको युद्ध ईतिहांसको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी’ को हालत देख्दा मन नरुने सायद कमै होलान् । जीतगढीमा आज पनि युद्धसम्बन्धी जीवन्त ऐतिहासिक बस्तु तथा प्रमाण भेटिन्छ । युद्धसंग सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु आज पनि जस्ताको तस्तै रहेको छ जीतगढीमा । पछिल्लो घटना अनुसार राज्यले रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेनालाई गढी संरक्षणको अध्ययन गर्ने जिम्मा दिएपछि भने जितगढीको रक्त स१चारको सम्भावना बढेर गएको छ ।
वर्षौ देखि आफैमा हारिरहेको रुपन्देहीको जितगढी किल्लाको संरक्षणमा नेपाली सेनाले चासो देखाएपछि भग्नावशेषको रुपमा परिणत हुंदै गएको किल्लाको अस्तित्व बच्ने सम्भावना बढेर गएको छ ।
संवत् १८७१ मा स्थल मार्गबाट अङ्ग्रेजले बृहत गोर्खा अधिराज्यसित ६–७ ठाउंबाट युद्ध छेडिरहेका बेला बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापीत गरिएको थियो । तत्कालीन युद्धमा अंग्रेज फौजलाई पराष्ट गर्न जितगढी किल्ला र कर्णेल उजिर सिंहको रण कौशलता नहुन्थ्यो भने सायद हामी आज नेपाली हौ भन्न पनि पाउंदैन थियौ होला । तर त्यहि युद्ध इतिहास बोकेको किल्ला बिगतका सरकारको उदासिनताका कारण जिर्ण बन्दै गएका बेला संघिय सरकारको सेनाले भने गढी संरक्षणमा चासो देखाएको छ ।
पुरातात्विक बिभाग र नेपाली सेनाको प्राबिधिक सहितको टोलिले जितगढी किल्लाको नापजांच सुरु गरेको छ । सेनाका ईन्जीनियर किरण श्रेष्ठको प्राबिधिक टोलि लिएर कर्णेल प्रकाश जंग कार्की रुपन्देहीको जितगढी पुगेका छन् । नेपाली सेनाले नेपालका सबै गढीहरुको मरम्मत, सभार र उत्खनन् गर्न भन्दै १७ करोड ६६ लाखको माग सरकारसंग गरेपनि तत्काल १० करोड स्विकृत भएको र सोहि अनुसार सबै गढीहरुको अध्ययन सुरु गरिएको नेपाली सेनाका कर्णेल प्रकाश जंग कार्की बताउंछन् ।
सन १९७१ मा कर्णेल उजिर सिंहको नेतृत्वमा अंग्रेज सेनालाई पराजित गरे देखिनै किल्लाको संरक्षण भएको देखिंदैन । नेपालको एकिकरण पछि शासन गर्ने राजा रजौटा देखि राणा, राजा, प्रजातन्त्र, पञ्चायत कसैले पनि जितगढीलाई महत्व नदिएकै कारण २ हजार बर्ग मिटरमा फैलिएको किल्ला स्थानीयबासीको अतिक्रमणमा परेको छ । किल्लाको वास्तबिक नक्सा र त्यस क्षेत्रमा अतिक्रमण भएको भए मुआब्जा दिएर भएपनि किल्लाको वास्तबिक अस्तित्व जोगाउनु पर्ने कर्णेल कार्कीको भनाई छ ।
त्यसो त पुरातात्विक बिभागले बेला बखत गढी किल्लाको उत्खनन् गर्ने प्रयास नगरेको होईन । तर उत्खनन्, अन्वेषण र पुनः निर्माण गर्न राज्यले पर्याप्त बजेट नदिएपछि बिभाग, आउने खन्ने र प्रतिबेदन बुझाउने काममा नै सिमीत भएको थियो । सेना सहितको सक्रियतामा उत्खनन्को काम थालीएपछि बिभागले पनि सक्रिय पहल सुरु गरेको पुरातात्विक अधिकृत बिष्णु पाठक बताउंछन् ।
जितगढीमा तत्कालिन वडा अध्यक्ष सहितले अतिक्रमण गरेर बसेको अवस्थामा २०५४ सालमा नगरपालिकाले वडा अध्यक्ष नरेन्द्र खड्का सहित २७ घर सुकुम्बासीलाई अन्यत्र जग्गा दिएर केहि अतिक्रमण हटाएको थियो । तर ऐतिहासिक लडाईका बेला २ हजार बर्ग मिटर भनिएको किल्लाको जग्गा अहिले निकै सानो अवस्थामा खुम्चिएको छ । प्रारम्भमा गढी किल्ला बुटवल बजारलाई छोप्नेगरी नै पहाडको एक छेउदेखि अर्को छेउसम्म पूर्व पश्चिम निकै लामो थियो भनिन्छ, कालान्तरमा तिनाउ नदिको कटानले र बढ्दो शहरीकरणको प्रभावले गर्दा हाल यसको धेरै सानो भाग, करिब २०५ फिट लम्बाई, ८ फिट चौडाई र २० फिट उचाईको गारो सहितको केहिभाग मात्र बाँकी रहेको बाहिरबाट हेर्दा देखिन्छ ।
बटौली संरक्षण समिती लगायत स्थानीयले पटक पटक राज्यले जितगढी किल्लाको संरक्षणको माग गर्दै आएपनि बेवास्ता गरिरहेको अवस्थामा संघीय सरकारको निर्माण संगै किल्ला संरक्षणका लागि सेना पठाउनु सकारात्मक मान्नु पर्दछ । इतिहासमा अंग्रेज सेना हराउने किल्लाको संरक्षण गर्ने सवालमा र किल्लाको वास्तबिक जग्गा पत्ता लगाई अतिक्रमण हटाउने बिषयमा राज्य पछि हट्नु हुंदैन । किल्ला किल्लाकै रुपमा बनाउन पुरातात्विक बिभाग र नेपाली सेनालाई सफलता मिलोस हाम्रो शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

गणतन्त्रका परजीवीहरू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group