काठमाडौ, १४ असार । सभामुख ओनसरी घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । सोही केन्द्रबाट माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पनि मतदान गरेका छन् । सभामुख घर्तीले संविधानको समयवद्ध कार्यान्वयनका लागि सबै तह र तप्कालाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेकी छन् ।
स्थानीय तह चुनावमा सहभागी हुन गृहजिल्ला रोल्पा आएकी उनले सन्चारकर्मीसँग कुरा गर्दै सो आग्रह गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्