ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंखेकिराबाट तरकारी जोगाउन कृषकलाई समस्या


admin

पाल्पा, १९ साउन । शंखेकिराले तरकारी बालीमा आक्रमण गर्न थालेपछि रामपुरका कृषकलाई तरकारी बाली जोगाउन समस्या परेको छ ।

तरकारीको बोटको माथिल्लो भागमै पुगेर शंखेकिराले डाँठ र पातलाई सखापै पार्न थालेपछि कृषक चिन्तित बनेका छन् । रामपुर नगरपालिका–६ को तिलकपुर, कौवा, प्याक्लुक, विजयपुरलगायतका क्षेत्रमा यतिबेला शंखेकिरा छरपस्ट मात्रामा भेटिन्छन् । कृषकले लगाएका लहरे जातका तरकारी बालीमा आक्रमण गरी बाली नै सखापै बनाउन थालेपछि कृषक चिन्तामा परेका हुन् ।

बस्ती बढ्दै गएको रामपुरको बजार क्षेत्रलाई मध्यनजर गर्दै विस्तारै व्यवसाय उन्मुख हुँदै गरेका कृषकलाई शंखेकिराबाट बालीनाली कसरी जोगाउने भन्ने समस्याले पिरोलेको छ । तरकारी लगाएपछि दुई चार पात हुन नपाउँदै बोटमै शंखेकिराले आक्रमण गरी बिरुवामा ठूलो हानिनोक्सानी पु¥याएको छ ।

घरायसी प्रयोजनका लागि होस् या बिक्रीका लागि लगाइएका तरकारी बालीको बोट नै आक्रमण गरेर पात खाने, डाँठ खाने गरेपछि बिरुवा सखापै हुँदै गएको कृषकको गुनासो छ ।

तरकारीको बिरुवा लगाएर दुई चार पात हँुदादेखि नै आक्रमण गरेपछि उत्पादन लिनै नसकिएको कृषक सीता देवकोटा बताउनुहुन्छ । “खेतबारी जताततै शंखेकिरा मात्र फैलिएको छ, तरकारी, फलफूल बाली लगायो, शंखेकिराले आक्रमण गरेर उत्पादन लिन पाइँदैन” उहाँले भन्नुभयो ।


तरकारीखेती गर्दै आइरहेका यहाँका कृषकले शंखेकिराको आक्रमणबाट अब व्यवसाय नै छाड्ने मनसायमा रहेका छन् । शंखेकिराले आक्रमण नगरेका बखत यहाँका कृषकले थोरै जग्गामा तरकारी लगाएर पनि राम्रो आम्दानी गर्न सफल भएको कृषक जगन्नाथ कँडेलले बताउनुभयो ।

“आम्दानी होला भनेर खेती गर्ने हो, आम्दानी लिन त परै जाओस् लगानी पनि उठाउन नसकिने अवस्था सिर्जना भएको छ” उहाँले भन्नुभयो । कँडेलले व्यावसायिक तवरले तरकारीखेती गर्दै आइरहनुभएको छ तर अहिले शंखेकिराको आक्रमणले व्यवसाय चलाउने कि छोड्ने भन्ने दोधारमा पर्नुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय, पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताउनुभयो । उहाँले विशेष गरी शंखेकिराले लहरे जातका तरकारी, फलफूलमा बढी आक्रमण गर्ने बताउनुभयो ।

यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको सुर्तीको झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र मट्टितेल मिलाएर पनि बिरुवामा छर्न सकिन्छ । यसो गर्नाले शंखेकिरा न्यूनीकरण भई बिरुवाको वृद्धि विकासमा ठूलो मद्दत पु¥याउँछ ।

यति गर्दागर्दै पनि शंखेकिराको प्रकोप कम नभएको खण्डमा तरकारीको बिरुवा लगाएको स्थान वरिपरि खाल्डो खनेर नुनलाई पुरिदिने गरेमा पनि कम गर्न सकिन्छ । अन्तिम न्यूनीकरणको उपाय भनेको शंखेकिरालाई नै जम्मा गरेर खाल्डोमा पुर्न सकेमात्र यसको प्रकोप न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

कृषकले फाट्टफुट्ट मात्रामा शंखेकिरा देख्ने बित्तिकै न्यूनीकरणतर्फ खासै चासो नदिँदा पनि यसले फैलिने अवसर पाएको हो । शंखेकिराको प्रकोप देखा पर्न थालेपछि समयमा नै कृषकले घरेलु विषादी अपनाउन सके यसको न्यूनीकरण सहजै गर्न सकिने कृषि प्राविधिक बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com