ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शंखेकिराबाट तरकारी जोगाउन कृषकलाई समस्या


admin
श्रावण १९, २०७४ बिहीबार   १० : ०३   बजे

पाल्पा, १९ साउन । शंखेकिराले तरकारी बालीमा आक्रमण गर्न थालेपछि रामपुरका कृषकलाई तरकारी बाली जोगाउन समस्या परेको छ ।

तरकारीको बोटको माथिल्लो भागमै पुगेर शंखेकिराले डाँठ र पातलाई सखापै पार्न थालेपछि कृषक चिन्तित बनेका छन् । रामपुर नगरपालिका–६ को तिलकपुर, कौवा, प्याक्लुक, विजयपुरलगायतका क्षेत्रमा यतिबेला शंखेकिरा छरपस्ट मात्रामा भेटिन्छन् । कृषकले लगाएका लहरे जातका तरकारी बालीमा आक्रमण गरी बाली नै सखापै बनाउन थालेपछि कृषक चिन्तामा परेका हुन् ।

बस्ती बढ्दै गएको रामपुरको बजार क्षेत्रलाई मध्यनजर गर्दै विस्तारै व्यवसाय उन्मुख हुँदै गरेका कृषकलाई शंखेकिराबाट बालीनाली कसरी जोगाउने भन्ने समस्याले पिरोलेको छ । तरकारी लगाएपछि दुई चार पात हुन नपाउँदै बोटमै शंखेकिराले आक्रमण गरी बिरुवामा ठूलो हानिनोक्सानी पु¥याएको छ ।

घरायसी प्रयोजनका लागि होस् या बिक्रीका लागि लगाइएका तरकारी बालीको बोट नै आक्रमण गरेर पात खाने, डाँठ खाने गरेपछि बिरुवा सखापै हुँदै गएको कृषकको गुनासो छ ।

तरकारीको बिरुवा लगाएर दुई चार पात हँुदादेखि नै आक्रमण गरेपछि उत्पादन लिनै नसकिएको कृषक सीता देवकोटा बताउनुहुन्छ । “खेतबारी जताततै शंखेकिरा मात्र फैलिएको छ, तरकारी, फलफूल बाली लगायो, शंखेकिराले आक्रमण गरेर उत्पादन लिन पाइँदैन” उहाँले भन्नुभयो ।


तरकारीखेती गर्दै आइरहेका यहाँका कृषकले शंखेकिराको आक्रमणबाट अब व्यवसाय नै छाड्ने मनसायमा रहेका छन् । शंखेकिराले आक्रमण नगरेका बखत यहाँका कृषकले थोरै जग्गामा तरकारी लगाएर पनि राम्रो आम्दानी गर्न सफल भएको कृषक जगन्नाथ कँडेलले बताउनुभयो ।

“आम्दानी होला भनेर खेती गर्ने हो, आम्दानी लिन त परै जाओस् लगानी पनि उठाउन नसकिने अवस्था सिर्जना भएको छ” उहाँले भन्नुभयो । कँडेलले व्यावसायिक तवरले तरकारीखेती गर्दै आइरहनुभएको छ तर अहिले शंखेकिराको आक्रमणले व्यवसाय चलाउने कि छोड्ने भन्ने दोधारमा पर्नुभएको छ ।

जिल्ला कृषि विकास कार्यालय, पाल्पाका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले चिस्यान भएको ठाउँमा शंखेकिराले छिटो आक्रमण गर्ने बताउनुभयो । उहाँले विशेष गरी शंखेकिराले लहरे जातका तरकारी, फलफूलमा बढी आक्रमण गर्ने बताउनुभयो ।

यसको न्यूनीकरणका लागि रातभरि पानीमा भिजाएको सुर्तीको झोल निकालेर साबुन पानीमा मिलाएर बिरुवामा छर्ने गर्नाले पनि शंखेकिराको आक्रमणबाट बिरुवालाई बचाउन सकिन्छ भने अर्को उपाय साबुन पानी र मट्टितेल मिलाएर पनि बिरुवामा छर्न सकिन्छ । यसो गर्नाले शंखेकिरा न्यूनीकरण भई बिरुवाको वृद्धि विकासमा ठूलो मद्दत पु¥याउँछ ।

यति गर्दागर्दै पनि शंखेकिराको प्रकोप कम नभएको खण्डमा तरकारीको बिरुवा लगाएको स्थान वरिपरि खाल्डो खनेर नुनलाई पुरिदिने गरेमा पनि कम गर्न सकिन्छ । अन्तिम न्यूनीकरणको उपाय भनेको शंखेकिरालाई नै जम्मा गरेर खाल्डोमा पुर्न सकेमात्र यसको प्रकोप न्यूनीकरण गर्न सकिने अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

कृषकले फाट्टफुट्ट मात्रामा शंखेकिरा देख्ने बित्तिकै न्यूनीकरणतर्फ खासै चासो नदिँदा पनि यसले फैलिने अवसर पाएको हो । शंखेकिराको प्रकोप देखा पर्न थालेपछि समयमा नै कृषकले घरेलु विषादी अपनाउन सके यसको न्यूनीकरण सहजै गर्न सकिने कृषि प्राविधिक बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group