ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मसला बेचेरै तीर्थयात्रा


एबीसी न्यूज

झापा, २७ चैत ।  आर्थिक अभावका कारण धेरै व्यक्तिले चाहेर पनि इच्छाअनुसार तीर्थयात्रा गर्न सकेका छैनन् । मेचीनगरकी एक वृद्धा भने स्थानीय बजारमा घरेलु मसला बेचेर भएको आर्जनले विदेशसम्मका विभिन्न धार्मिकस्थलको दर्शन गर्दै आउनुभएको छ ।

मेचीनगर–१० धुलाबारीकी ५८ वर्षीया दिनो राजवंशी विगत एक दशकदेखि घरेलु मसला बेचेको कमाइले तीर्थयात्राको इच्छा पूरा गर्दै आउनुभएको हो । वर्षमा दुईपटक तीर्थ यात्रामा निस्कने गर्नुभएकी राजवंशी एकपटकको यात्रामा रु ५० हजारदेखि रु ६० हजारसम्म खर्च हुने गरेको बताउनुहुन्छ ।

गत माघ महिनामा उहाँ भारतको मायापुरी, वृन्दावन, जगनाथपुरीलगायत धार्मिकस्थलको दर्शनमा जानुभएको थियो । अब चाँडै अर्को तीर्थस्थलको भ्रमणमा जाने उहाँको तयारी छ । तीन छोरी र एक छोराकी आमा राजवंशी सीमावर्ती भारतको नक्सलबाडीबाट सुकेको खुर्सानी, जिरा र धनियाँ किनेर ल्याउनुहुन्छ । मसलामा प्रयोग हुने बेसार भने गाउँघरबाटै जुटाउनुहुन्छ ।

परम्परागत रुपमा घरमै प्रयोग हुँदै आएको काठको ओखलमा मुसलले कुटेर उहाँ मसला बनाउनुहुन्छ । यसरी खुर्सानी, बेसार, जिरा तथा धनियाँको मिश्रित र अलग अलगसमेत मसला बनाएर राजवंशी स्थानीय धुलाबारी बजारमा दैनिक बिक्री गर्नुहुन्छ ।

“मेसिनमा भन्दा ओखलमा पिसेको मसला बढी स्वादिलो हुन्छ,” उहाँले भन्नुभयो । घरमै पिसेको मसला बढी स्वादिलो हुने र अखाद्य पदार्थ मिसावट नहुने भएकाले स्थानीयवासी मसला किन्न आउने गरेका छन् । उहाँले बनाउने मसला बजारमा निकै लोकप्रिय छ ।

उहाँ मसला बोकेर आफै बजार धाउनुहुन्छ । नगरपालिकाले बनाएको एउटा टहरामा बसेर राजवंशीले मसला बिक्री गर्दैआउनुभएको छ । दैनिक करिब पाँच किलोसम्म मसला बिक्री हुन्छ । “रु एक हजारदेखि रु एक हजार ५०० सम्म मुनाफा हुन्छ,” उहाँले भन्नुभयो । मसलाको कमाइले घरपरिवारको भरणपोषणमा खर्च गर्ने गरेको राजवंशी बताउनुहुन्छ ।

“आम्दानीको अधिकांश हिस्सा तीर्थयात्रामा खर्च हुन्छ,” उहाँले भन्नुभयो । तीर्थयात्रामा जान अहिलेसम्म कसैसँग पैसा माग्नु नपरेको उहाँको भनाइ छ । घरमा एक्लै बस्दा दिग्दारी लाग्ने हुँदा सानोतिनो काममा लाग्दा आम्दानी पनि हुने भएकाले उहाँ अरुलाई मसला बेच्न सल्लाह दिँदै आउनुभएको छ । राजवंशीको सल्लाहमा गाउँका अरुदे पनि मेचीनगरका विभिन्न बजारमा मसला बेच्न थालेका छन् ।

राजवंशीलाई घर परिवारबाट पर्याप्त सहयोग पाइएको छ । “हजुरआमाको तीर्थयात्रामा गइरहने बानी छ”, बिर्तामोडको मनकामना कलेजमा स्नातक अध्ययन गर्दैआउनुभएकी नातिनी मनिषाले भन्नुभयो, “हामीले उहाँलाई मसला व्यापारमा सहयोग गर्दैआएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com