ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बिस्केट जात्राः नागनागिनीको कथा भ्रम मात्र’


abc

भक्तपुर, २७ चैत ।  सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि शुरु हुँदैछ ।
नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडा(छाने)शैलीमा निर्मित तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्रााङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको रथमा खड्ग, तरबार र निशान राखिन्छ ।
बिस्केट जात्राको पहिलो दिन टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट भैरवनाथ र भद्रकालीको रथ क्वने र थनेका बासिन्दाले रथको अगाडि र पछाडिबाट तानातान गरेर आआफ्नो टोलतर्फ लैजाने परपम्परा छ । जात्राको मुख्य आकर्षण रथ तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढी हुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याई त्यहाँबाट फर्काएर गःहिटीमा रथ पु¥याइएपछि पहिलो दिनको जात्रा सम्पन्न हुन्छ ।

त्यसैगरी पहिले क्वनेतर्फ तानेर लानसके टेखापुखुसम्म ल्याइने र त्यहाँबाट पुनः टौमढी हुँदै दत्तात्रय पु¥याएर त्यहाँबाट फर्काई गःहिटीमा रथ पु¥याउनुपर्ने परम्परा छ । जात्रामा रथ तान्ने परम्परागत मार्ग क्वनेतर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, वंशगोपाल र तेखापुखुसम्म तथा थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो र दत्तात्रयसम्म छ ।

विसं २०७२ को भूकम्पले रथ तान्ने मार्गका घरमा क्षति पु¥याएको र ती संरचना पुनःनिर्माणका चरणमा रहेकाले यस वर्ष टौमढीबाट क्वनेतर्फ बुलुँचा र थनेतर्फ साकोठासम्म मात्र रथ तान्ने तयारी भएको प्रजिअ द्रोण पोखरेलले जानकारी दिनुभयो ।

तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रुपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याक्वः त्याक्वः’ भनिन्छ । जात्राकोे चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेलस्थित ल्योसिङ खेलमा उभ्याइन्छ ।

पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एकजोडी ध्वजा फुकाएपछि एउटा संवत्सर फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने मान्यता छ ।

लिङ्गो उभ्याउन बाँधिएका आठ डोरीलाई अष्टमात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । लिङ्गो उठाएको हेर्नाले शत्रु नाश हुन्छन् भन्ने मान्यतानुसार यसलाई ‘शत्रुहन्ता जात्रा’ पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ । लिङ्गो उठाइनासाथ स्थानीय बाराहीदेवीको तिंप्वाः जात्रा मनाइन्छ ।

जात्राको पाँचौंँ दिन वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसलगत्तै खँला टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ जसलाई नेपाल भाषामा ‘द्यः ल्वाकिगु जात्रा’ भनिन्छ । साँझपख दुमाजुदेवीको जात्रा गरिन्छ । अन्तिम दिन भैरवनाथको रथ गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरिन्छ ।

थिमीमा प्राप्त नेसं ५०० को तमसुकपत्रमा विश्वकेतुलाई सम्झाउने पर्यायका रुपमा ‘बिसिक’ शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पटक जात्रालाई सम्बोधन गर्दा ‘विश्वजात्रा’ भनी उल्लेख गरिएको छ ।

त्यसैगरी भक्तपुरको राजदरबारमा नेसं ८०८ र ८१८ को राजा जीतामित्र र भूपतीन्द्र मल्लका पालामा लिखित अभिलेखमा ‘बिस्क्यात’ शब्द उल्लेख छ । “तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ”, उहाँ भन्नुहुन्छ, “यी प्रमाणका आधारमा ‘विश्वकेतु’ भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामकरणअनुसार ‘बिसिक’, ‘बिस्क’, ‘बिस्का’ हुन पुगेको हो । त्यसैको अपभ्रंश भएर ‘बिस्केट’ हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा डा श्रेष्ठले बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसमा प्रचलित सर्प मारिएको र नागनागिनीसँग जोडिएको किंवदन्ती भ्रम मात्र रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात् भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती बिको अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केट चल्दै आएको भम्र छ”, उहाँले भन्नुभयो, “नवदुर्गा गणलाई ‘वि त्वंकेगु’ भनी तान्त्रिक विधिपूर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म छ । अहिलेसम्म चलेका प्रमाण, अभिलेख र मल्लकालीन राजा जगत्प्रकाशदेखि शाहवंशीय राजा त्रिभुवन र ज्ञानेन्द्र तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपत हेर्ने हो भने विश्वकेतु, वीरध्वजा लेखिएको छ । विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर भनेर भैरवको बाहन वीर बेताललाई भनिएको हो । यो ध्वजा विश्वध्वजा र वीरध्वजा मान्न सकिन्छ । यसमा नागनागिनी भन्नु गलत हो ।”

बिस्केट जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने र लिङ्गो उठाइने बेलामा हुने सम्भावित झडप रोक्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको प्रजिअ पोखरेलले बताउनुभयो । यस वर्ष जात्रामा नेपाल प्रहरीका पाँच सय र सशस्त्र प्रहरीका तीन सय जनशक्ति परिचालन गरिने छ । जात्रामा उच्छृङ्खल गतिविधि गर्नेको पहिचान गर्न सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिनेछ । रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने गर्दा रथबाट खसेर घाइते हुनाका साथै किचेर ज्यानसमेत जाने गरेकाले रथमा भैरव नाइके, गुथी र स्थानीय क्लबका पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिनेछ ।

जात्रामा हुलदंगा गर्नेको पहिचानका लागि चोकचोकमा सिसी क्यामेरा जडान गरिने छ । सुरक्षा व्यवस्थामा खलल पु¥याउनेलाई पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भीषण वर्षापछि दोखलाको विगुमा पहिरो झर्‍यो, खोलिखिम बजारमा केही घर पुरिए

दोलखा — भीषण वर्षापछि दोखलाको विगु गाउँपालिका ४ मा पहिरो झरेको छ । पहिरोले खोलिखिम बजारमा केही घर पुरिएको प्रहरीले जनाएको छ । चारैतिर वर्षासहित

१६५ क्षेत्रको शक्ति सन्तुलन : वाम गठबन्धन भए १३०, लोवाम गठबन्धन भए १२५, साना दल संकटमा !

काठमाडौं २५ साउन । आगामी मंसिर ४ गते संघीय निर्वाचन हुने भएपछि सत्तारुढ पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेले आफू अनुकूलको गठबन्धन बनाउने कोशिश

बझाङमा एकै परिवारका तीन जना मृत भेटिए

काठमाडौं, २५ साउन । बझाङमा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । जिल्लाको बुङ्गल नगरपालिका–९ रारुमा स्थानीय पुष्कर पार्कीकी श्रीमती र दुई जना मृत

सम्बन्धित

गुल्मीका १२ मध्ये कांग्रेस ५, माओवादी केन्द्र ४ र एमाले ३ पालिकामा विजयी

स्थानीय चुनावमा एबीसी एक्जिट पोल शतप्रतिशत मिल्यो (पूरा भिडियो)

२३६ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

मंगलबार विहानसम्मको नतिजा, कांग्रेस १०९, एमाले ६० माके ५० (सम्पूर्ण विवरण)

२५ पालिकामा मतगणना सम्पन्न : एमाले अधि कांग्रेस दोस्रो, कहाँ को निर्वाचित (पूरा विवरण)

एबीसी एक्जिट पोलः स्थानीय तह निर्वाचनमा कुन दलको स्थान के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com