धनिराम शर्मा(ऋतुविचार)
काठमाडौ,२७ चैत । विश्वका उत्कृष्ट गन्तव्यको देश भनेर नेपाल विश्वभर परिचित छ तर हाम्रो पर्यटन पूर्वाधार पर्यटनमैत्री विकास र व्यवहारका साथै राज्यको ठोस नीति र कार्यक्रम नहुदा पर्यटन क्षेत्रको योगदान अपेक्षाकृत हुन सकेको छैन ।
विश्वकै आकर्षक गन्तव्य भएपनि पर्यटन बजारमा नेपालका पर्यटकीय सम्पदाहरुको बजारीकरण हुन नसकिरहेको बेला अमेरिकन ट्राभल सम्बन्धी एक प्रख्यात वेभसाइटले नेपाल विश्वका दश उत्कृष्ट गन्तव्यमा पहिलो भएको प्रतिवेदन सार्वजनिक गरेको छ । संसारका विकसित भनेर कहलिएका देशलाई उछिन्दै नेपाल बेस्ट भ्यालु गन्तव्यको सूचिमा पहिलो स्थानमा परेको हो । विशेष गरि सन २०१५ को महाविनाशकारी भूकम्पपछि थिलोथिलो बनेको पर्यटन
२०१६ मा केही उकालो लागेको तथ्यांक छ । भूकम्पले थिलो थिलो बनेको पर्यटन क्षेत्रलाई उभो लगाउन केही प्रयास भएपनि खासै प्रगति त अझै हुन सकेको छैन । यद्यपी सन २०१६ मा पनि विश्व प्रख्यात प्रकाशक रफ गाइड्सले विश्वका टप गन्तव्यमा नेपाल पहिलो भन्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । भर्खरै लोन्ली प्लानेटले प्रतिवेदन सार्वजनिक गर्दै विश्वका घुम्नै पर्ने देशहरुको सूचि सार्वजनिक गरेको छ, जुन सूचिमा नेपाल पहिलो स्थानमा परेको छ । प्लानेटले विश्वका १ सय ९० देशबाट नेपाललाई पहिलो नम्बरमा छानेको हो । उसले गत सोमबार आफ्नो वेभसाइटमा प्रकाशित गरेको सूचिमा उत्कृष्ट गन्तव्यमा नेपाल परेको हो ।
प्लानेटले सम्बन्धित देशमा घुमेका पर्यटकहरुको अनुभव र आफ्ना प्रतिनिधिको मूल्यांकनका आधारमा उक्त सूचि तयार पारेको हो । लोन्लीको प्रतिवदेनमा भनिएको नेपाल भूकम्प र नाकाबन्दीको अप्ठ्यारो परिस्थितिबाट पूर्णरुपमा पुरानै लयमा फर्किएकोले नेपाल भ्रमण पर्यटनमैत्री भएको बताएको छ । नेपाल घुम्ने संख्या बिस्तारै बढीरहेकोलोन्लीले बताएको छ । उसले भनेको छ । नेपाल सस्तो मूल्यमा विश्वका उत्कृष्ट ट्रेकिङ र वाइल्ड लाइफ हेर्न सकिने देश भनेर प्रतिवेदनमा भनिएको छ ।
बेस्ट भ्यालुको गन्व्य भन्दै दैनिक ५० डलरमा धेरै अध्ययन अवलोकन गर्न सकिने भएकोले नेपाल भ्रमण उचित हुने उसको निष्कर्ष छ । यससंगै नेपालमा पाहुनाको मिठो न्यानो स्वागत हुने भएकोले पनि नेपाल भ्रमण उचित हुने उसको ठहर छ । विश्वका बेस्ट भ्यालु गन्तव्यमा नेपाल पहिलो, दोश्रोमा नाम्बिया, र तेश्रोमा पोर्चुगल त्यसै गरि चौथो देखि दशौ नम्बरमा क्रमश ः इटाल, हंगेरी, बेलिज, मोरक्को, रसिया, अष्ट्रेलिया, र अमेरिकालाई राखेको छ । यसरी नेपाल विश्वमै उत्कृष्ट गन्तव्य भएको विभिन्न प्रतिवेदन आइरहेको सन्दर्भमा सरकारको भ्रमण वर्ष २०२० लाई सफल बनाउन र १५ लाख पर्यटक ल्याउन विद्यमान पूर्वाधार, पर्यटन सुरक्षा तथा प्रर्वद्धनका कार्य गर्न अझै बांकी छ । सन २०२० को भ्रमण वर्ष सफल बनाउन जिम्मेवारहरुले निकै मेहनत गर्ने पर्छ । 
यसको लागि पर्यटन मन्त्रालय, पर्यटन बोडर्, निजी क्षेत्र र स्थानीयको भूमिका बढी ह्न्छ । सबैको भूमिका र पहलबाट बाह्य पर्यटक भित्र्याउन सकिन्छ । बाह्रय आगमन नबढेसम्म हाम्रो कुल ग्राहस्र्थ उत्पादनमा बढ्न नसक्ने भएकोले पर्यटन मैत्री बाताबरण निर्माण गरि सन २०२० लाई सफल बनाउन पर्यटन बजारीकरणको लागि सबैले पहल गरौ ।
विश्वका चर्चित वेसाइट तथा प्रकाशकहरुले नेपाल संसारकै उत्कृष्ट गन्तव्य भएको प्रतिवेदन सार्वजनिक गर्नु हाम्रा लागि निकै सुखद विषय हुन् । विश्व जगतले नेपालको प्राकृतिक सांस्कृति र नेपाल समाज कति धेरै रुचाउछन् भन्ने अर्काे तथ्य हो, लोन्ली प्लानेटको प्रतिवेदन यसर्थ यसको मर्मलाई बुझेर पर्यटन क्ष्ँेत्रमा सबैले नजर पुराउन अब ढीला गर्न हुदैन ।









प्रतिक्रिया दिनुहोस्