काठमाडौं, २३ जेठ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ।
सोमबार पार्टीले अघि सार्दै आएको एजेन्डाबारे ध्यानाकर्षण गराउनको लागि प्रदर्शन गर्न लागेको अध्यक्ष राउतले बताए।सोमबार बिहान ९ बजे माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताए। काठमाडौंमा रहेका समर्थकहरूलाई तोकिएको समयमा माइतीघर मण्डलमा जम्मा हुन समेत आग्रह समेत गरे।प्रदर्शनबारे जानकारी गराउँदै काठमाडौं प्रशासनलाई शान्ति सुरक्षाको व्यवस्था गरिदिने पत्र समेत पठाएको छ।पार्टीले जेठ २४–२५ गते केन्द्रीय समितिको विस्तारित समेत राखेको उनले बताए।








प्रतिक्रिया दिनुहोस्