ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फार्नबोरोमा आन्तरिक क्षमता अभिवृद्धि तालिम सञ्चालन हुँदै


abc tv
जेष्ठ २१, २०८३ बिहीबार   ३ : ०३   बजे

लन्डन । व्यक्तिभित्र निहित क्षमता, आत्मविश्वास र नेतृत्व विकासलाई केन्द्रमा राखेर दुईदिने विशेष तालिम कार्यक्रम आयोजना हुने भएको छ।

यूकेस्थित प्रशिक्षक मन गुरुङको प्रशिक्षणमा आगामी जुलाई २४ र २५, २०२६ मा फार्नबोरोमा ‘अनलिस योर इनर सेल्फ’ (Unleash Your Inner Self) शीर्षकको आन्तरिक क्षमता अभिवृद्धि तथा सशक्तिकरण तालिम सञ्चालन हुन लागेको हो।

तालिम अल्डरशटस्थित वेस्ट एन्ड सेन्टरमा बिहान ८ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रम प्रत्यक्ष रूपमा सहभागी हुन सकिनेछ भने घरमै बसेर आफ्नै अनुकूल समयमा सिक्न मिल्ने व्यवस्था समेत गरिने प्रशिक्षक गुरुङले जानकारी दिएका छन्।

उनका अनुसार तालिममा सहभागी हुन निश्चित शुल्क लाग्नेछ। संकलित रकमबाट खर्च कटाएर बचत भएको केही हिस्सा नेपाल र बेलायतका आवश्यक च्यारिटी संस्थाहरूलाई सहयोग गरिनेछ।

“हरेक व्यक्ति सफल, स्वस्थ, समृद्ध र खुसी जीवन चाहन्छ। तर धेरैजसोले आफूभित्र रहेको वास्तविक क्षमता पहिचान र प्रयोग गर्न सकेका हुँदैनन्। यो तालिमले व्यक्तिलाई आफ्नो क्षमता उजागर गर्न र जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छ,” गुरुङले बताए।

तालिममा व्यक्तिगत तथा व्यावसायिक सफलताका उपाय, आत्मविश्वास अभिवृद्धि, डर, त्रास र संकोचमाथि विजय हासिल गर्ने सीप, सकारात्मक सोचको विकास, अनुशासन र सशक्तिकरण, नेतृत्व क्षमता, संगठन विकास, रणनीतिक सोच, आर्थिक सचेतना तथा आयआर्जनका सम्भावनाबारे प्रशिक्षण प्रदान गरिनेछ।

उच्च शिक्षा यूकेबाट हासिल गरेका प्रशिक्षक गुरुङ आईसीएफ कोच, सामुदायिक अगुवा, वरिष्ठ ताइची तथा चिगोङ प्रशिक्षक, विपश्यना साधक तथा खेलप्रेमीका रूपमा परिचित छन्। व्यक्तिगत विकास, नेतृत्व तथा क्षमता अभिवृद्धिका क्षेत्रमा उनको २५ वर्षभन्दा बढीको अनुभव रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धवल शम्शेरसहित १८३ नेताले गरे राप्रपा परित्याग (सूचीसहित)

राप्रपा संकटमा : धवलशम्शेर राणाको नेतृत्वमा १८३ नेताको सामूहिक राजीनामा

सम्बन्धित

ट्रम्प नियुक्तिको ठूलो अमेरिकी एजेन्सीका प्रमुख बेन ब्ल्याकको एपस्टाइनसँग व्यक्तिगत सम्बन्ध : इमेलहरूले खुलासा

भक्तपुरमा युवकले गरे श्रीमतीको हत्या, ८ वर्षका छोरा पनि घाइते

सम्पत्ति छानबिन आयोगको दायरा साँघुर्याइयो: अदालत, सेना र ‘नयाँ’ मन्त्री/सांसदलाई उन्मुक्ति

स्व-सुधार गर्ने एआईको उदय

कानुनले तोकेको समयभित्रै न्यायाधीश नियुक्ति गर्न सर्वोच्चको परमादेश : ८ रिक्त पद कहिले पूर्ति हुन्छ?

अप्ठ्यारो’ मा कप्तानी दाबी: ओलीको ‘झोला नफ्याँक्ने’ घोषणा कि विरासतको मोह?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group