ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाख महिनाका लागि बैंकहरुले ब्याजदर घटाए


एबीसी न्यूज
चैत्र ३०, २०८२ सोमबार  ११ : ५६ बजे

काठमाडौं ३० चैत्र ।वैशाख महिनाका लागि बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरूले २०८३ को वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर्फ औसत ३.२३ प्रतिशत ब्याज दिनेछन् ।  
चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत थियो भने संस्थागततर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो ।
वैशाख महिनाका लागि ७ बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकले ब्याजदर स्थिर राखेका छन् । तर, कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ । सो बैंकले वैशाखमा व्यक्तिगततर्फ ४.१५ प्रतिशत ब्याज दिनेछ । ब्याजदर घटाउने बैंकहरुमध्ये एभरेष्ट बैंकले वैशाखमा व्यक्तिगततर्फ ४.०५ प्रतिशत, कुमारी बैंकले ४.०५ प्रतिशत, सिटिजन्स बैंकले ४.१२ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४.७५ प्रतिशत ब्याजदर दिनेछन् ।
यस्तै, नेपाल बैंक, एसबीआई, सानिमा लगायता बैंकले चैतको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । वैशाखमा नेपाल बैंक ४.५ प्रतिशत, नेपाल एसबीआई बैंक ४.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंक ४.५० प्रतिशत, ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत ब्याजदर दिनेछ भने, प्राइम कमर्सियल बैंकले ४.१५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, माछापुच्छ्रे बैंकले ४.५० प्रतिशत दिनेछ । 
त्यस्तै, एनएमबि बैंकले ५ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, सानिमा बैंकले ४.५० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर दिनेछन् । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

टिनको छानोमा बास ः नेकपा सांसद, विक भिडियो

२०८२ एमालेका लागि दुखदः एमाले सांसद हमाल , भिडियो

सम्बन्धित

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

लुम्बिनीका उद्योग हटाउन सर्वोच्चको आदेश : ७० अर्ब लगानीका ४० उद्योग र १० हजार रोजगारी जोखिममा

बालेन सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण : स्वघोषित स्रोतसहितको तुलनात्मक विवरण (सूची)

सम्पत्ति शुद्धीकरण मुद्दामा व्यावसायी दीपक भट्ट पक्राउ

विश्वका सुपर धन कुबेरहरुले कर अधिकारीबाट ३.५५ ट्रिलियन डलर लुकाए : अक्सफाम

ओली-देउवाको छत्रछायाँमा भट्टको ‘कमिशन साम्राज्य’ जगदम्बाको ४५ करोडबाट ३ अर्ब ८१ करोडसम्मको विरासत (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com