ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शीर ठाडो पारेर राष्ट्रिय अडानका साथ फर्किँदै प्रधानमन्त्री ओली


admin
चैत्र २५, २०७४ आईतबार  ४ : ५३ बजे


काठमाडौं, २५ चैत ।
भारत र नेपालबीच जनस्तरको सम्बन्ध हजारौं वर्षदेखिको हो । ब्रिटिश उपनिवेशवाट भारत मुक्त भएसँगै स्वतन्त्र भारत र नेपालबीच ७० वर्ष अघि कुटनीतिक सम्बन्ध स्थापित भयो । उपनिवेशवादबाट लामोसमयसम्म थिचिएका भारतीय नेता र शासकहरुको दिमागमा भने उपनिवेशवादी चिन्तन हट्न सकेन । छिमेकी देशहरुमाथि वेलायती उपनिवेशकै जस्तो शासन संचालन गर्नुपर्छ भन्ने सोच विकास भयो । यसको सीधा प्रभाव नेपालको शासनसत्तामा परिरहेको छ । राणाकालमा अंग्रेजको दलाली गरे राणाहरुले । २००७ सालपछि नेपालका नेताहरु स्वतन्त्र भारतका शासकहरुको दलाली गर्न थाले । यो निरन्तता आजपर्यन्त जारी छ । देशभित्रको स्पष्ट परराष्ट्र नीति नहुंदा विदेशीले हेप्ने र खेल्ने त भए नै । दशकौंदेखि भयो त्यही । तर, पहिलोपटक नेपालका प्रधानमन्त्रीले भारतीय शासकहरुसँग शीर ठाडो पारेर राष्ट्रका कुरा राखेका छन् ।

राष्ट्रवादी ‘इमोशन’को मियो बन्दै जनताको अभूतपूर्व समर्थन हासिल गरेका प्रधानमन्त्री केपी ओलीले भने भारतीय शासकहरुसँग शीर ठाडो पारेर छलफल गरेका छन् यसपटकको भारत भ्रमणका क्रममा । नेपालका नेता र प्रधानमन्त्रीहरुलाई आमन्त्रण गरेर उच्च आतिथ्यता र सत्कार गर्दै आफ्ना रणनीतिमा गलाउने भारतले यसपटक प्रधानमन्त्री केपी ओलीलाई गलाउन सकेन । भारतीय समकक्षी नरेन्द्र मोदीसंग वान टु वान वार्ताको बीचमा खासमा के भयो ? त्यो भोलिको दिनमा खुल्दै जाला । भारतीय नेताहरु, ब्यूरोक्र्याट्स र खुफियातन्त्रले ओली मोदी वार्तालाई आधार बनाउंदै नेपाललाई कुन ढंगले हेर्छन, त्यसपछि थाहा होला । तर प्रधानमन्त्री ओलीले समग्रमा तीनदिनको बीचमा भारतमा जे गरे, त्यो राष्ट्रको पक्षमा गरे । खोट लगाउने ठाउं दिएनन् ।

ओलीले बिग्रिएको सम्बन्धमात्र स्थगित गरेनन्, समकक्षी मोदीसंग नेपालका अप्ठ्याराहरुको बारेमा पनि बोल्ड कुरा गरे । भारतले अहिलेसम्म गरेका वाचाहरु किन पुरा भएनन् भन्नेबारे मोदीलाई नै लज्जित बन्नुपर्ने गरी धारणा राखे । चतुर नरेन्द्र मोदी आफुभन्दा थप चतुर ओलीको शैली र ‘बोल्डनेश’ देखेर अवाक् भए । वास्तवमा, यी दुई प्रधानमन्त्रीहरुबीच केमेष्ट्री मिलेको देखियो । त्यसको प्रभाव दुई प्रधानमन्त्रीहरुको संयुक्त सम्बोधनमा देखियो । प्रष्टताका साथ एक अर्कालाई बुझेको र अब गर्न बाँकी कामहरुका बारेमा छलफल भयो ।

प्रधानमन्त्री ओली भारतको तीन दिने सफल राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किँदै छन् । ओली भारत भ्रमणमा रहदा“ नेपालका विभिन्न क्षेत्रको विकासका लागि पूर्व सम्झौता तथा प्रतिवफद्धता तीव्र रुपमा कार्यान्वयन गर्न विषयमा छलफल बहस समेत भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच वान टु वान र प्रतिनिधिमण्डलबीचमा भएको भेटवार्ता अब कार्यान्वयनको चरणमा गयो भने साँच्ची नै दुई छिमेकी मुलुकबीच रहँदै आएको सम्बन्ध थप विस्तार हुनेछ ।

भारतीय शासकहरु र कुटनीतिक ब्यूरोक्र्याट्सहरुमा रहेको नेपाललाई दबाउनैपर्छ भन्ने नीतिबाट उनीहरु पछि फर्किएको आभाष मिलेको छ । संभवत सन् २०१९को लोकसभा निर्वाचन अघि कमसेकम नेपासंग सम्बन्ध सुधार्नुपर्छ भन्ने चेत नरेन्द्र मोदीमा पलाएको हुनुपर्छ अब । त्यसैको प्रभाव यसपटक प्रधानमन्त्री ओलीको भ्रमणमा देखियो ।

प्रधानमन्त्री ओलीको बोल्ड निर्णयकै कारण भारतले नेपाललाई रेलमार्ग, जलमार्ग र कृषि क्षेत्रमा प्राथमिकता छुट्याएर सहयोग गर्ने वचन गरेको छ । अब, भारतले सहयोग गर्ने भनिएका प्राथमिकताका यी तीन विषय पुरा गर्न कत्तिको तदारुकता देखिनेछ, भ्रमणको पुरै सार्थकता भने त्यसमा निर्भर गर्नेछ ।

भारत भ्रमणमा जानु अघि केही मूलभूत विषयमा छलफल हुनेछ भनेर संघीय संसदलाई सम्बोधन गरे पनि प्रधानमन्त्री ओलीले कतिपय विषय छुटाएका छन् । छिमेकीले बोलाएर हतारिंदै जान तम्सिहाल्ने प्रवृत्तिकै कारण नेपालमा गम्भीरतापूर्वक विदेश भ्रमणको तयारी हुंदैन । जसको केही प्रभाव यसपटक पनि देखियो । तर, समग्रतामा ओली भ्रमणले नेपाललाई आफ्ना राष्ट्रिय हितका अडानमा कायम रहने हो भने अब कुनै छिमेकीले हेप्न सक्दैनन् भन्ने प्रमाणित पनि गरेको छ ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि सहकार्यलाई निरन्तरता दिन, नेपाल र भारतको मित्रवत सम्बन्ध अझ बलियो बनाउनुका साथै सरकारको ‘समृद्ध नेपाल खुसी नेपाली’ भन्ने नारा कार्यान्वयनमा साझेदारी गर्न भारत तयार हुनुलाई सकारात्मक मान्न सकिन्छ ।

अब, नेपाली जनताले यसपटक भारतलाई चैत २३ गतेभन्दा अघिको दृष्टिकोणले हैन केही फरक दृष्टिकोणले हेर्नेछन् । कमसेकम एकपटक भारतलाई शंकाको सुविधा प्रदान गर्नेछन् । किनकी, भारतले सहमतिहरु गर्ने कार्यान्वयन नगर्ने प्रवृत्ति सबैभन्दा धेरै छ । यो प्रवृत्ति यदि इमान्दिारितापूर्वक अन्त्यगर्ने हो भने भारतसंग यौटा छिमेकको सम्बन्ध असल ढंगले अघि बढ्न सक्नेछ । यदी, हैन, नेपाललाई अर्को छिमेकी चीनसँगको ‘इन्गेजमेन्ट’बाट बाहिर ल्याउनका लागि गरिएको हो भने त्यो भन्दा अर्को दुर्भाग्य केही हुनसक्दैन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा रहंदा आयोजित खुला फोरमहरुमा नेपालको दुबै छिमेकीसँग बराबरीको सम्बन्ध कायम रहनेछ भनेर प्रष्ट भनिसकेका छन् । हामीले विश्वास गर्नुपर्छ, प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग पनि यही अनुसारको कुटनीतिक जवाफ दिएका होलान । दुवैतर्फबाट सहमतिहरु कार्यान्वय हुने हो भने मात्र दुई देशबीचको जनस्तरको सम्बन्धमा पनि सुधार हुनसक्छ ।

भारतका प्रधानमन्त्री मोदी सन् २०१४को निर्वाचनमा दुई तिहाई बहुमत प्राप्त गरेर शक्तिशाली प्रधाननमन्त्री बनेका थिए । हाम्रा प्रधानमन्त्री ओली पनि विक्र संवत २०१५ सालपछिका सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीमा स्थापित भएका छन् । यी दुबै शक्तिशाली प्रधानमनत्रीले गरेका सहमति पनि सहमतिमा सीमित नभई कार्यान्वयनको चरणमा पुग्न जरुरी छ । विगतका सहमतिहरु कार्यान्यन गर्दै नया“ सहमति र सहकार्यमा अघि बढ्नु नै दुबै मुलकका लागि हितकर हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

‘नेपालमा नियन्त्रित अस्थिरताको राजनीति’

जनयुद्धको तीन दशक : उपलब्धि, अवसर र अपूरा प्रश्नबीच माओवादीको यात्रा

प्रणय दिवसको बहस: संस्कृतिको संकट कि भावनाको स्वतन्त्रता?

“भ्रष्टाचार नियन्त्रण र सुशासन” — निर्वाचनको प्रमूख एजेन्डा कहिले बन्छ ?

एआई त्रियामिक अरुचिपूर्ण रोजाईः क्रान्तिकारी प्रविधिलाई कसरी नियमन गर्ने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com