ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व उच्च युएन अधिकारी काभ्रेमा २ किशोरसहित आपत्तीजनक अवस्थामा पक्राउ


admin
चैत्र २५, २०७४ आईतबार  ५ : ०३ बजे

काभ्रे, २५ चैत । राष्ट्रसंघीय उच्च पदहरुमा लामो समय काम गरेका ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन ड्यालगिस काभ्रेमा २ किशोरसहित आपत्तिजनक अवस्थामा समातिएका छन्।

उनीमाथि बाल यौन दुराचारको मुद्दा चलाइएको छ। नेपालमा बाल यौन दुराचारमा १५ वर्षसम्मको कैद हुने व्यवस्था छ।

विदेशी नागरिकहरुले प्रलोभनमा पारी नेपाली बालकलाई यौन शोषण गर्ने गरेको सूचनाको आधारमा खोजी गर्दा ड्यालगिस शनिबार बिहान काभ्रेको मण्डन देउपुर गाविसबाट पक्राउ परेका हुन् ।

हिमालयन कम्युनिटी फाउन्डेसन सञ्चालन गरी पिटरले गत दुई वर्षमा गरिब तथा विपन्न समुदायमा शिक्षा तथा खानेपानीमा सहयोग गर्दै आएका थिए । उनले ती समुदायका बालबालिकालाई छनोट गरी पढाइदिने, विदेश घुमाइदिने र ठूलो भएपछि जागिर लगाइदिने प्रलोभन देखाई बालबालिकाको शोषण गर्ने गरेको केन्द्रीय अपराध ब्युरोले जानकारी दिएको छ।

पिटर बालबालिकाका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका छन्। उनले तीनवटा मानार्थ विद्यावारिधि पाएका छन्। त्यस्तै उनले युएन ह्याबिट्याटको अफगानिस्तान प्रमुखको भूमिका निर्वाह गर्नुका साथै डब्लुएचओ र डब्लुएफपीमा समेत काम गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

हाम्रो नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ दाङ– महासचिव पोखरेल

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com