ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीयवासीले आफ्नै दममा बनाए सडक


admin

काठमाडौं, २५ चैत । अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले रु एक करोड भन्दा बढी चन्दा जुटाएर सडक निर्माण गरेका छन् । घराम्दीका बासिन्दाले चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हँुदै पेरी भारानी ताल जोड्ने सडक निर्माण गरेका हुन् ।

स्थानीयवासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट चन्दा जुटाएर दश किलोमिटर सडक निर्माण भएको महभिर घराम्दी पेरीभारानी सडक निर्माण समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तीर्थबहादुर फगामीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडक निर्माणका लागि रु एक करोड १७ लाख ८५ हजार ९२०चन्दा सहयोग प्राप्त भएको छ ।

(फाइल तस्बीर: बेनी जोमसोम सडकको एक खण्ड)

विस २०६७ मा महभिरदेखि शुरु भएको सडक यसैवर्ष धार्मिक पर्यटकीयस्थल पेरीभारानी तालमा जोडिएको थियो । तत्कालीन हिस्तान गाविस र जिविसले न्यून मात्रामा बजेट उपलब्ध गराएको उक्त सडक निर्माण कार्यमा समुदायको ठूलो लगानी रहेको छ । सामुदायिक वन, गाउँको कोषसमेत सडक निर्माणमा लगानी भएको उपभोक्ता समितिका अध्यक्ष दूधबहादुर पुर्जाले बताउनुभयो ।

चट्टानी पहाड र भिरालो भूगोलमा सडक निर्माण गर्नुपर्दा धेरै लगानी भएको हो । घराम्दी गाउँमा ९५ घरधुरीको बसोवास छ । उक्त सडकमा जिप र ट्र्याक्टर चल्न थालेपछि स्थानीयवासीलाई सदरमुकाम बेनी, गाउँपालिकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवतजावतका लागि सहज भएको छ । गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ । सो सडक आगामी वैशाख १५ गते सबैभन्दा धेरै चन्दा सहयोग गर्नुभएका होमबहादुर फगामीबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

फगामीले रु दश लाख ४५२ सडक निर्माणका लागि सहयोग गर्नुभएको हो । सो सडक पर्यटकीय महत्वको पेरीभरानी तालमा पुग्ने भक्तजन, पर्यटकलाई सुविधा पुग्नुका साथै घराम्दीको माथिल्लो क्षेत्रमा बाँझिएको खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउने वातावरण बनेको वडा अध्यक्ष गमबहादुर फगामीले बताउनुभयो ।

दुई सय मिटर लम्बाइ र एक सय मिटर चौडाइ रहेको गोलो आकारको पेरीभरानी ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको आकर्षण हो । उच्च स्थानमा रहेको आकर्षक प्यारीबाराही तालको पृष्ठभूमिमा अन्नपूर्ण र निलगिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

तालमा पूजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने विश्वास छ । हेरक वर्ष जनैपूर्णीमामा यहाँ विशेष मेला लाग्नेगर्छ । घना गुराँसे जंगलको बीचमा रहेको यस ताल सफा र सुन्दर छ । तालमा खसेको फोहोर र पातपतिङ्गर चराले टिपेर फाल्ने गरेको किम्बदन्ती छ ।

प्यारीबाराही ताल नजिकै रहेको गाउँ हेर्ने डिल नामको डाँडा अर्को पर्यटकीय सम्भावना बोकेकोस्थल हो, यो डाँडाबाट म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतका ग्रामिण बस्ती, धौलागिरी, अन्नपूर्ण रेञ्जका हिमशृखला, सूर्योदय, सूर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

माओवादीको दोस्रो चरणको जागरण अभियान पाटनबाट सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जलवायु संकट न्यूनीकरणमा योगदान दिन प्रतिबद्ध छौँ- भारतीय वनमन्त्री

भारतका वनमन्त्रीले भेटे प्रधानमन्त्री ओली

प्रचण्ड-देउवा टेलिफोन वार्तालगत्तै बूढानीलकण्ठ पुगे जनार्दन

इजरायली दूतावासले मनायो ७७ औँ स्वतन्त्रता दिवस

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

चिन्ता लिनुपर्ने अवस्था छैन, प्रसारणलाइनमा रुखको हाँगा खस्दा हिजो समस्या आएको हो- हितेन्द्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com