ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुधार गर्नुपर्ने कुरा सूची बनाएर ल्याउनुस् ः राज्यमन्त्री बाँस्कोटा


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ६ : २६   बजे

 

काठमाडौं, २५ चैत । सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले नेपाल पब्लिक क्याम्पस संघलाई सरकारले सुधार गर्नुपर्ने विषयलाई सूची बनाएर छलफलमा आउन आग्रह गर्नुभएको छ ।

आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल पब्लिक क्याम्पस संघ जिल्ला कार्यसमितिले आयोजना गरेको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले शिक्षामा ठीक ढंगको नीति बनाउनका लागि सहयोग गर्न संघलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “तपाईंहरुको कुरा सुन्यो, त्यही हो कि भन्ने लाग्ने, निजी क्याम्पसको कुरा सुन्यो त्यही हो कि भन्ने लाग्ने र विश्वविद्यालयको कुरा सुन्यो त्यही हो कि भन्ने लाग्ने, सरकारले अब सबैको कुरालाई सुनेर विश्लेषण गर्छ र उचित किसिमले मनन गर्दै कार्यान्वयनमा जोड दिनेछ ।” उहाँले अनौपचारिक भन्नुभन्दा पनि सूचीका साथ छलफलमा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले राम्रो मान्छे पनि नबस्ने र नराम्रो मान्छे पनि नबसेर विदेशिने अवस्थालाई अन्त्य गर्नका लागि अब सरकारले उचित व्यवस्थापन गर्न कदम चाल्ने बताउनुभयो । सो अवसरमा उहाँले यसअघिको सरकार अस्थिर भएका कारण भूकम्पमा भएको क्षतिमा पुननिर्माणको काम गर्न नेपाल टेलिकमलाई जिम्मा परेको काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटका विद्यालय र स्वास्थ्य चौकीमा गरी ७६५ वटा बिग्रेका टेलिफोन सेवा र इन्टरनेट सेवा पु¥याउन काम गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले नागरिक उत्तरदायित्व पूरा गर्ने काम नयाँ भर्ना अभियानलाई मद्धत गर्नका लागि दायित्व बहन गर्ने काममा सहभागी बन्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पब्लिक संघका केन्द्रीय अध्यक्ष भोला ओझाले स्थापना भएको ३७ वर्ष बितिसक्दासमेत राज्यले पब्लिक क्याम्पसहरुलाई चिन्न नसकेको गुनासो गर्नुभयो । पब्लिक क्याम्पसहरुमा प्राध्यापन गर्ने प्राध्यापकलाई त्रिभुवन विश्वविद्यालयले स्वीकार नगरेको उहाँको भनाइ छ ।

हामीले चलाएका क्याम्पस किन वैधानिक नहुने भन्ने प्रश्न गर्दै भन्नुभयो, “हाम्रा क्याम्पसहरुमा वर्षौंसम्म पढाउने प्राध्यापकलाई प्राध्यापक हो भन्ने आधार प्रसस्त हुँदाहुँदै पनि राज्यले दर्जा दिन नसक्नु कसको कमजोरी हो ?” २०३७ सालदेखि पढाउँदै आएका प्राध्यापकहरुको योगदानको स्तरको मापन गर्न सरकारले कदम चाल्नु पर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा डेडिथुम्का पब्लिक क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष कश्यप पौडेलले क्याम्पसले प्रदान गरेको शिक्षामा प्रविधिसँग जोडेर काम गर्न सक्ने बनाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब धेरै क्याम्पसमात्रै खोलेरभन्दा पनि पछि खोलेका क्याम्पसहरू विषयगत विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रुपमा विकास गरौँ ।”

अधिवेशनमा काभ्रेपलाञ्चोक जिल्लामा रहेका १६ वटा पब्लिक क्याम्पसका ४५ जनाको सहभागिता रहेको छ ।

आज नै सम्पन्न जिल्लाको तेस्रो अधिवेशनले केजी बैदारको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

संघको उपाध्यक्षमा केशवप्रसाद काफ्ले, सचिवमा ज्ञानबहादुर भुजेल, कोषाध्यक्षमा रामहरि दाहाल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः रामप्रसाद अधिकारी, इन्द्रप्रसाद गौतम, हरिश्चन्द्र श्रेष्ठ र उर्मिला उप्रेतीलगायत रहनुभएको छ । (तस्वीर उपलब्ध छ)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

जति आरोप लाञ्छना लगाइए पनि पुनर्गठन अभियान सफल हुनेछ– ईश्वर पोखरेल

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group