बागलुङ । बागलुङ क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सोम शर्मा निर्वाचित भएका छन्। उनले १२ हजार ६४७ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत पाए। त्यसैगरी नेकपा (एमाले) की उम्मेदवार मञ्जु चालिसेले ७ हजार ८६४ मत प्राप्त गरिन् भने नेपाल कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत पाए।








प्रतिक्रिया दिनुहोस्