ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड


एबीसी न्यूज
फाल्गुन १४, २०८२ बिहीबार  ८ : २४ बजे

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक अवस्थालाई अस्थिर बनाउने शक्तिहरूविरुद्ध आवश्यक परे प्रमुख दलहरूसँग पनि सहकार्य गर्न सकिने स्पष्ट संकेत दिएका छन्। उनले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक व्यवस्थाको रक्षाका लागि साझा मोर्चा बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।

पेरिसडाँडामा आयोजित बाम बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा बोल्दै उनले राष्ट्रिय राजनीतिमा देखिएको ध्रुवीकरण र अस्थिरताप्रति चिन्ता व्यक्त गरे। उनले प्रत्यक्ष रूपमा कुनै दलको नाम नलिए पनि पछिल्लो समय उग्र राजनीतिक भाष्य र व्यवस्थाविरोधी गतिविधि बढिरहेको संकेत गर्दै त्यसविरुद्ध संवाद र सहकार्य अपरिहार्य भएको बताए।

उनले भने, “संविधान सभा, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक प्रणालीको मुख्य प्रवक्ता हाम्रो पार्टी हो। त्यसैले देश, संविधान र शान्ति प्रक्रियालाई कमजोर पार्ने प्रवृत्तिविरुद्ध उभिनु हाम्रो दायित्व हो। आवश्यक परे हिजोका सहयात्रीहरूसँग पनि संवाद गर्नुपर्छ।”

उनको भनाइलाई राजनीतिक वृत्तमा विशेष अर्थका साथ हेरिएको छ। उनले विगतमा सहकार्य गरेका दलहरू, विशेषतः कांग्रेस र एमालेसँग राष्ट्रिय मुद्दामा सहमति खोज्न सकिने बताए। “ती हिजोका हाम्रा सहयात्री हुन्। राष्ट्रको स्वाधीनता र स्वतन्त्रतामाथि खतरा देखिए संवाद र सहकार्य गर्न हामी पछि हट्दैनौं,” उनले जोड दिए।

प्रचण्डले देशलाई अस्थिरतातर्फ धकेल्ने, वैदेशिक स्वार्थसँग जोडिएका तत्व र दलाल प्रवृत्तिविरुद्ध साझा मोर्चा आवश्यक भएको दाबी गरे। उनले राष्ट्रिय एकताको सन्देश दिँदै राजनीतिक दलहरूबीच न्यूनतम सहमति कायम गर्नुपर्ने बताए।

उनले पछिल्लो समय आफ्नो नेतृत्वमा विभिन्न कम्युनिस्ट घटकहरूबीच भएको एकतालाई ऐतिहासिक उपलब्धिका रूपमा प्रस्तुत गरे। “नेपालको इतिहासमै पहिलो पटक यति धेरै साना–ठूला कम्युनिस्ट समूहहरू एकै ठाउँमा उभिएका छन्। २५–२६ वटा समूह एक ठाउँमा आउनु सामान्य कुरा होइन,” उनले भने, “सबै सक्रिय छन्, यो सकारात्मक संकेत हो।”

उनले जनतामा पनि स्थिरता र अनुभवी नेतृत्वको आवश्यकता महसुस बढ्दै गएको दाबी गरे। “राष्ट्रलाई एकताबद्ध राख्न, सरकारलाई व्यवस्थित रूपमा सञ्चालन गर्न र संकटबाट जोगाउन सक्ने नेतृत्वप्रति जनताको भरोसा बढ्दै गएको छ,” उनले उल्लेख गरे।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रचण्डको पछिल्लो अभिव्यक्ति आगामी राजनीतिक समीकरणको संकेत हुन सक्छ। विशेषगरी व्यवस्थाविरोधी भाष्य चर्किंदै गएको सन्दर्भमा प्रमुख दलहरूबीच पुनः सहकार्यको सम्भावना खोज्ने प्रयासका रूपमा यसलाई हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com