ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीजन्य पदार्थको संरक्षणमा छुट्टै नीति आवश्यक


एबीसी न्यूज

 

दमौली, तनहुँ, २४ चैत ।नदीजन्य पदार्थको संरक्षण उत्खननबारे नियमन, नियन्त्रण गर्नका लागि छुट्टै नीति नियम आवश्यक रहेको आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) को आयोजनामा तनहँुको दमौलीमा आयोजित अन्तक्र्रियामा सरोकारवालाले नदीजन्य वस्तुको जथाभावी रुपमा उत्खनन हँुदा नदीको बहावमा असर पर्नुका साथै अन्य मानवीय समस्या बढिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

नेफेजले सेती नदी बेसिन क्षेत्रका वातावरणीय सवालका विषयमा सञ्चार अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक शान्तिरमण वाग्लेले वातावरणबारे थाहा पाए पनि यसको संरक्षण गर्ने विषय महत्व नदिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वातावरण र विकासलाई सँगैसँगै लैजाँदा जोखिमलाई पनि ध्यान दिई निर्माण र वृक्षरोपणलाई एकैसाथ लैजानुपर्छ, त्यस विषयमा सञ्चारमाध्यमले महत्व दिनुपर्छ ।”

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहलाई वातावरण संरक्षणको अधिकार दिएकाले आउँदा दिनमा वातावरण संरक्षणमा प्रगति हुने विश्वास व्यक्त गर्नुभयो ।

जिल्ला वन अधिकृत मातृका पौडेलले नदी उत्खनन, वातावरणीय संरक्षणमा पर्याप्त ध्यान दिन नसक्दा दैविक विपद् आउन थालेको बताउनुभयो ।

एनजिओ नेटवर्क तनहुँका संयोजक प्रतावसिंह गुरुङले जिल्लामा सञ्चालित ‘हरियो वन’ कार्यक्रम सञ्चालन गरी संरक्षणका कार्यक्रम गरिरहेको बताउनुभयो ।

वन्यजन्तुको चोरीशिकारी, मानव र वन्यजन्तुबीचको द्वन्द्व, खुल्ला चरिचरण, वन आगलागी, पूर्वाधार निर्माण, विषादीको प्रयोग, मिचाहा प्रजातिका बिरुवा, नदीका स्रोतको अत्याधिक दोहन, माग र आपूर्तिबीचको दुरी, वन मासेर खेती गर्ने प्रवृति जस्ता कारणले पछिल्लो समय वातावणीय समस्या बढ्दै गएको संयोजक गुरुङले बताउनुभयो ।

वातावरणीय स्रोतको अनाधिकृत र अध्याधिक प्रयोग जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको र नयाँ रोगको आक्रमण भइरहेको बारे जनचेतना गराइ वन, जल र जमिनको संरक्षणका लागि सक्रिय हुने वातावरण बनाउनुपर्नेमा सहभागीले जोड दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ तनहुँका अध्यक्ष केशवचन्द्र न्यौपानेले प्राकृतिक स्रोतको संरक्षण प्रदेश सरकारले गर्ने वा स्थानीय सरकारले गर्ने भन्ने द्धिविधा देखिएको बताउनुभयो ।

तनहँु, लमजुङ र चितवनका १० सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र सञ्चारकर्मी उपस्थित रहेको कार्यक्रममा नेफेजका अध्यक्ष अर्जुन ढकाल, कार्यकारी निर्देशक सुवोध गौतम, नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले वातावरणीय अतिक्रमणका प्रभाव, संरक्षण र सञ्चारमाध्यमका भूमिकाबारे प्रस्तुति दिनुभएको थियो ।¬

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com