ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउनु हुँदैन : महत


एबीसी न्यूज
चैत्र २४, २०७४ शनिबार  २ : २४ बजे

 

चितवन, २४ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले एक पटक निर्वाचन हार्दैमा आत्मबल कमजोर बनाउन नहुने बताउनुभएको छ ।

नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई एक दिने प्रशिक्षण कार्यक्रममा उहाँले उच्च मनोबलका साथ संगठन विस्तारमा जुट्न काँग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता महतले संगठन बलियो बनाएमा आउँदो निर्वाचनमा काँग्रेस विजयी हुने बताउँदै त्यसका लागि गाउँ तहदेखि केन्द्रीय तहसम्म संगठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

काँग्रेसले प्रतिपक्षमा बसेर सशक्त भूमिका निर्वाह गर्छ, उहाँले भन्नुभयो, “पार्टी भित्र म नै केन्द्रविन्दुमा रहनुपर्छ भन्ने भावनाको विकास भएकाले अहिलेको निर्वाचनमा पराजय भोग्नु परेको हो ।”

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका महतले सरकारले जारी गरेको श्वेतपत्र हास्यास्पद रहेको टिप्पणी गर्दै वामपन्थी सरकारमा आएपछि विभिन्न बहानाबाट बङ्गाएर श्वेतपत्र जारी गरिएको बताउनुभयो ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ, पूर्वसांसद जगनाथ पौडेल, काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य गीता वाग्ले, बलराम पौडेल, मिलनबाबु श्रेष्ठ लगायतले बोल्नुभयो ।

काँग्रेसका तर्फबाट चितवनका सात स्थानीय तहमा निर्वाचित १७४ जना जनप्रतिनिधिलाई विकास निर्माणका विषयमा पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, प्रतिपक्षको भूमिका कस्तो रहनुपर्छ भन्ने विषयमा पूर्वसांसद जगनाथ पौडेल र कानूनका विषयमा वरिष्ठ अधिवक्ता माधव खनिया, अधिवक्ताहरु विष्णु अर्याल, गोविन्द सिग्देल र उद्धव लोहनीले प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

ट्रम्पको निक्सन क्षण आउँदै: परमाणु धम्कीको भाषा फेरि अन्तर्राष्ट्रिय द्वन्द्वमा मुद्रा बन्दैछ

मनकामनाबाट फर्कँदै गरेको माइक्रो बस दुर्घटना, ७ जनाको मृत्यु, मृतक सबै भारतीय

अमेरिकाले दोस्रो पटक दूतावासमा आक्रमणपछि आफ्ना नागरिकहरूलाई इराक छोड्न निर्देशन

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्ने चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com