बुटवल, २४ चैत। नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले विशेष परिस्थिति आई नलागे दुई पार्टीको एकता बैशाख ९ गते नै गर्ने तयारी भएको जानकारी दिएका छन् । ‘विशेष परिस्थति नै आयो भने एकता एक\दुई दिन ढिलो हुन सक्छ सक्ने बताउदै उनले भने ‘तर ढिलो चाँडो एकता हुन्छ ।’
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माओवादीले प्रयोग गर्दै आएको जनयुद्ध पदावली र चुनाव चिहृनबारे एमाले र माओवादी केन्द्रबीच कुरा मिल्न बाँकी रहेको बताएका छन् ।
प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अन्य विषयहरु मिलिसकेकाले पारस्परिक सम्मान र समानताका आधारमा पार्टी एकता भएरै छाड्ने दावी गरे ।
पार्टी एकता प्रक्रियामा जनयुद्ध पदावली र चुनाव चिहृनबारे कार्यदलले टुंगो लगाउन नसकेको स्पष्ट पार्दै नेता पौडेलले जनयुद्ध पदावली र चुनाव चिन्हको विवाद सामान्य भएको र आपसी छलफलपछि सहमतिमा पुगिने बताए ।
माओवादी नेतृत्वले पछिल्लो समय ५०\५० अनुपातमा एकता हुनुपर्ने भनी गरेको दावीप्रति संकेत गर्दै पौडेलले संख्याको विषय इतिहास, योगदान र योग्यताका आधारमा जिम्मेवारी बाँडफाँट हुँदा मिल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्