ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यसपटक भोट कस्लाई दिने?


शारदा शर्मा
माघ २४, २०८२ शनिबार  ६ : ३४ बजे

यसपटक भोट कसलाई दिने ?

काठमाडौं : हामी आज कन्फ्युज छौं—भोट कसलाई दिने ? लामो समयको संघर्षपछि ल्याएको यो व्यवस्थामा केही भएको छैन भन्न मिल्दैन। धेरै कुरा भएका छन्। तर विकास र समृद्धिको नाममा सत्तालाई म्युजिकल चेयर जस्तै बनाएर खेल्ने नेताहरू देख्दा मनमा एउटै प्रश्न बारम्बार आउँछ : तपाईंहरूले किन यस्तो गर्नुभयो ? अब के गर्नुहुन्छ ?

हामी इतिहास पढेर मात्र होइन, भोगेर पनि आएका छौं। नालापानी युद्धदेखि पञ्चायत, बहुदल हुँदै गणतन्त्रसम्मका साक्षी हौं। तर जनताले चाहेको, युवाले गर्न खोजेको परिवर्तन यति निर्मम र अराजक रूपमा कहिल्यै देखेका थिएनौं—जुन भदौ २३ र २४ मा देख्यौं।

३६ घण्टाको काँडा

त्यो ३६ घण्टा हाम्रो जीवनमा काँडा उम्रिएजस्तै बन्यो। लामो समयदेखि मुख्य पार्टीहरूले सत्ताको लोभमा देश र जनतालाई बिर्सिएका थिए। तर तिनै पार्टीहरूले लडेर ल्याएको व्यवस्थामा टेकेर नै हामीले बहस गर्नुपर्छ—मत कसलाई दिने भनेर रोज्नुपर्छ।

जेन–जी आन्दोलनको सत्य

२३ गते हामी सबैले आफ्ना भाइबहिनीलाई भनेका थियौं— “ल जाऊ, सुशासनको आवाज उठाऊ। भ्रष्टाचार, बेथिति र अन्योलको अन्त्य हुनुपर्छ। सरकारले सडकको आवाज सुन्नुपर्छ।”

आजको जेन–जी पुस्तालाई मोबाइलको पुस्ता, सुतेर खाने पुस्ता, राजनीति नबुझ्ने पुस्ता भन्ने गरिन्छ। त्यसैले हरेक युवाले भने—हामी पनि राजनीति बुझ्छौं, देशको बेथिति बुझ्छौं। सडकबाट चेतना फैलाउन खोजे, सचेत बनाउन खोजे। यो जेन–जी आन्दोलन मेरो मात्र बुझाइ होइन—हामी सबैको साझा बुझाइ हो।

तर २३ गते हामीले सोचे जस्तो भएन। हाम्रा भाइ–छोराहरूले चाहे जस्तो भएन।

एउटा पनि फूल नबिगार्ने, एउटा इँटा नफोड्ने, गीत गाएर आवाज सुनाउन बसेको समूहलाई तितरबितर पारियो। आन्दोलन स्थल रणभूमि बनाइयो।

स्कुल–कलेजबाट ड्रेसमै आएका कलिला बच्चा–बच्चीलाई ताकेर टाउकोमा गोली हानियो। रगत बग्यो। ब्यारिकेड भत्कियो। सुरक्षा निकाय कमजोर देखाइयो।

पछि के भयो ?

आन्दोलनमा सारी फर्काउँदै भाइबहिनीलाई उत्तेजित बनाउने न्यायाधीश सुशीला कार्की देशको नेतृत्वमा पुगिन्। पानी बाँड्न हिँडेका भाइ–भतिजा सरकार बनाउने लिडर बने। “अझै लड जाऊ, सेना सँग बार्ता गर, संविधान फाल” भन्नेहरू गोलीले लडेकालाई हेर्न पनि आएनन्—भूमिगत भए।

देशका मुख्य संरचना ध्वस्त पारिए। व्यक्तिका घर तोडेर आगो लगाइयो। भित्ता नै बल्ने केमिकल प्रयोग गरेर प्रहरी स्टेसन र नेता–कार्यकर्ताका घर जलाइयो। साँच्चै देश रणसंग्राम बन्यो।

२४ गते राति सेनाले “हामीले लियौं” नभनेसम्मका ३६ घण्टा हामी सबै राज्यविहीन र अभिभावकविहीन जस्तो त्रासमा बस्यौं।

सेनाले सत्ता सम्हालेपछि सुशीला कार्की र उनको मन्त्रीमण्डल बनाउने नेतृत्व पानी बाँड्ने भाइहरूले लिए। सैनिक अड्डामा प्रधानमन्त्रीको उम्मेदवारको नाम माइकिङ हुँदा सैनिक र प्रहरीका आँखासमेत आँसुले भरिए। देश यहाँसम्म आइपुग्यो भनेर।

सडक र सत्ताको कित्ताकाट

सडकमा रगत बगाउने जेन–जी र सरकारमा जाने जेन–जीबीच कित्ताकाट सुरु भयो। संविधान खारेज गराउनेहरू, पानी बाँड्नेहरू, “चुनाव गराएर निकास दिन्छौं” भनेर मन्त्रीको सपथ खानेहरू, आन्दोलनमा जेल फोडेर कैदी निकाल्न सहयोग गर्नेहरू—सबै मिलेर पार्टी बनाएर चुनावी मैदानमा उत्रिए।

अहिले हामी साउथ इन्डियन फिल्मको सुटिङ जस्तो भिडभाड, नाटक र रोड शो हेर्दै छौं।

यसपटक विचार गर्नैपर्छ

राजनीतिक पार्टीहरूसँग हाम्रा अन्तरविरोध छन्, मतभेद छन्। देश आगोको ज्वालामा पर्दा दौरा उचालेर भागेका तत्कालीन प्रधानमन्त्रीले जनतासँग हामीले चाहेजस्तो डिल गर्न सकेनन्। नेताहरूले सुझबुझ पुर्‍याउन सकेनन्।

प्रश्न अनगिन्ती छन्। तर ८४ मा हुने चुनाव ८२ मै गराउन जेन–जी आन्दोलन गरिएको थिएन।

देश जलाएर, त्यसको खरानी हाम्रो आँखामा छरेर, फिल्मी शैलीमा आज जे रोड शो चलिरहेको छ—यसले हामीलाई भदौ २३–२४ को ३६ घण्टा कस्तो अवस्थामा पुर्‍यायो भन्ने कुरा बुझ्नैपर्छ।

यहाँ कुरा नयाँ–पुरानोको होइन। शान्ति र सुशासनको हो।

धेरै परिवर्तन देखेर आएका हामीले अराजक ध्वंसले देशलाई कस्तो अवस्थामा पुर्‍याउँछ भन्ने कुरा भदौ २३–२४ पछि स्पष्ट बुझेका छौं। यदि यस्तो विकराल ध्वंसलाई पनि राजनीतिसँग जोडेर “क्रान्ति” भन्न थालियो भने, जेन–जी भाइबहिनीहरूको रगतले हामीलाई श्राप गर्नेछ।

त्यसैले यसपटक

एक–अर्कालाई देखाइदिने, रिस पोख्ने समय होइन। हाम्रो मत सही चिन्हमा दिएर, कम्तीमा देशमा शान्ति होस् भन्ने चाहना राखौं।

हामीसँग नेताहरूलाई सोध्ने प्रश्न छन्। औंल्याउने खबरदारी छन्। तर देश जलाउनेहरूलाई मत दिने अधिकार हामीसँग छैन।

किनकि हामी यहीँ बस्नुपर्छ। यो हाम्रो भूमि हो।

देश जलाएर, हामीलाई आतंकित पारेर, भिड जम्मा गरेर मत माग्न आउनेहरूलाई होइन— यसपटक देश बनाउनेहरूलाई नै भोट दिऔं।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचन पछि के आउँछः सुधार कि संकट ?

अमेरिकीहरु कस्तो अमेरिकामा बाँचिरहेका छन् ?

सी जिनपिङको सैन्य सफायाका असहज संकेत

‘नेपाल–केन्द्रित यथार्थवाद’: गगन थापाको नयाँ डक्ट्रिन

नेपालको राजनीतिमा मिडिया र युट्युबरहरूको घोल: यथास्थितिवादको खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com