ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं ४ मा खानेपानी समस्यादेखि जलवायु परिवर्तनको चिन्ता


एबीसी न्यूज

पोखरा, २४ चैत ।  प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकमा शून्य समय र विशेष समयमा बोल्ने सदस्यले जनताले भोग्ने गरेका खानेपानीका समस्यादेखि जलवायु परिवर्तनका समस्यालगायतमा आआफ्ना धारणा राखेका छन् ।

बाग्लुङका प्रदेशसभा सदस्य पियारी थापाले जनता बरेङ गाउँपालिका वडा नं ५ बाग्लुङमा खानेपानी लिनका लागि दुई तीन घण्टासम्म बोकेर ल्याउन बाध्य भएकाले समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउनुभयो । कास्कीकी पुष्पा केसीले महिला हिंसा रोकथामका साथै हिंसापीडित महिलाई पुनःस्थापना गरिनुपर्नेमा जोड दिँदै महिला सरकारी कर्मचारीलाई ९८ र शिक्षिकालाई ६० दिन प्रसूति विदा दिने गरी गरिएको विभेद अन्त्य गर्न र ठाउँ ठाउँमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयो ।

कास्कीकै विन्दुकुमार थापाले पोखरा लेखनाथ महानगरपालिका नाममा रहेको वडा नं ३३ स्थित पशुपतिघाटस्थित दुई सय रोपनी जग्गामा क्रिकेट रङ्गशाला बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।

मुस्ताङका महेन्द्रबहादुर थकालीले जलवायु परिवर्तनलाई दृष्टिगत गरी सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कोष स्थापना गरिनुपर्ने बताउनुभयो । लमजुङका मायानाथ अधिकारीले लमजुङमा रुदी खोलालगायत पुल निर्माणमा भएको ढिलासुस्ती र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।

गोरखकाली रबर उद्योग खुलाउन माग 

विशेष समयमा सदस्य धनञ्जय दवाडीले विद्युत् वितरण प्रणाली प्रभावकारी बन्न नसक्दा समस्या परेको बताउनुभयो । सदस्य कृष्णचन्द्र नेपालीले सामाजिक परिचालिकाका सम्बन्धमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने धारणा राख्नुभयो । म्याग्दीका विनोदकुमार केसीले नमिल्दो भूगोल विभाजन लगायतका कारणबाट हिजो पाएका सेवा सुविधा पनि नपाउने अवस्था आएको बताउनुभयो ।
बाग्लुङका टेकबहादुर घर्तीले ढोरपाटन शिकार आरक्षमा उठ्ने राजस्व स्थानीय एवम् प्रदेश तहमा आउनुपर्ने धारणा राख्नुभयो । गोरखाका हरिशरण आचार्यले बन्द गोरखकाली रबर उद्योग खुलाउन ध्यानाकर्षण गराउनुभयो ।नवलपुरका सदस्य रोशनबहादुर गाहा थापाले नवलपुर जिल्ला कायम गरी सदरमुकाम कावासोती तय गरिनुपर्ने धारणा राख्नुभयो ।

तनहुँका दोबाटे विश्वकर्माले व्यास – १० मा रहेको एक हजार ५०० रोपनी सार्वजनिक जग्गालाई औद्योगिक क्षेत्रका रुपमा विकास गर्न माग गर्नुभयो । कास्कीका मनबहादुर गुरुङले धारामा पानी नआउने जस्ता समस्याप्रति ध्यानकर्षण गराउनुभयो ।मनाङका चिन्तबहादुर घलेले जलस्रोत एवम् जडिबुटीको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com