नयां दिल्ली २३ चैत । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अव नेपालीहरुले विदेशमा पसिना बगाउनु पर्ने दिन गएको बताएका छन् ।
आज शुक्रवार नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावारण अहिलेको सरकारले बनाउने दावी समेत गरे ।
स्वदेशमा नै रोजगारीका अवसर पाइने भएकाले कोहि नेपालीले पनि विदेशमा पसिना बगाउनु नपर्ने उनले बताएका हुन । प्रधानमन्त्री ओली नेपाली दूतावासले आयोजना गरिरहेको रात्रीभोजमा पनि सहभागी हुने कार्यक्रम समेत तय भएको छ ।
रात्रीभोजमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न राजनीतिक दलका शीर्ष नेताका साथै कुटनीतिज्ञ र पत्रकारलाई आमन्त्रित गरिएकोे छ ।
प्रतिक्रिया दिनुहोस्