ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन


एबीसी न्यूज

काठमाडौं, ९ माघ : नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार घोषणा गरेको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपसभापति विश्वप्रकाश शर्माको प्रस्तावलाई सर्वसम्मत पारित गर्दै गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रवक्ता देवराज चालिसेले बैठकपछि भने, “विशेष परिस्थितिको मागलाई सही ढंगले सम्बोधन गर्ने जमर्कोका रूपमा यो निर्णयलाई लिन आग्रह गर्छौं।” उपसभापति शर्माले प्रस्ताव पेस गर्दै भनेका थिए, “गगनसँग जुझारु विद्रोही छवि मात्र होइन, प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ। उत्तेजना र आवेगको राजनीति न सुसंस्कृत हुन्छ न दीर्घजीवी।”

गगनको ठूलो दाबी: ‘हामीले कांग्रेस बदल्यौं, अब देश पनि बदल्छौं’

बैठकपछि सानेपामा पत्रकारहरूसँग कुरा गर्दै सभापति थापाले भने, “यो कांग्रेस आफैं बद्लिएको होइन – हामीले बदलेका हौं। हामीले कांग्रेस बदल्यौं, अब यो देशलाई पनि बदल्छौं।”

उनले उम्मेदवार छनोट प्रक्रियामा केही कमजोरी भएको स्वीकार गर्दै भने, “केही त्रुटि भएका छन्, कमजोरी भएका छन्। यसका लागि अप्ठ्यारोलाई बुझिदिनुहुन आग्रह गर्छु।” तर उनले स्पष्ट गरे, “अर्कोपटकदेखि कांग्रेसको उम्मेदवार यसरी चयन हुँदैन। जिल्लाकै साथीहरूले मत हालेर तलै टुंग्याउनुहुन्छ। यसपटक समयको सुविधा थिएन, प्राइमरी गर्ने अवस्था थिएन।”

‘रुखमै भोट हाल्ने व्यवस्था बनायौं’ – गगन

गगनले २०७९ को निर्वाचन स्मरण गर्दै भने, “०७९ मा प्रतिकूल समयमा २७ लाख मतदाताले कांग्रेसलाई मत हाल्नुभयो। विभिन्न ठाउँमा गएँ, तपाईंहरूको कुरा थियो – ‘कांग्रेस भएर रुखमा मतदान गर्ने व्यवस्था गर्नुस्’। यो बनाएका छौं।”

उनले नेता–कार्यकर्तालाई निर्देशन पनि दिए:

  • आफ्नै निर्वाचन क्षेत्रमा खटिनुहोस्। अर्काको क्षेत्रमा गएर मद्दत हुँदैन।
  • निर्वाचन आचारसंहिता बनाउँछौं, पालना गर्नुपर्छ।
  • फेयर प्ले र फेयर गेम चाहन्छौं – अन्य दलहरूलाई पनि आह्वान गर्छौं।

प्रधानमन्त्री उम्मेदवार घोषणाको अर्थ

कांग्रेसले निर्वाचनअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर ‘एकताबद्ध सन्देश’ दिन खोजेको देखिन्छ। गगनले भने, “यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रूपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ छौं।”

विश्लेषकहरूका अनुसार यो कदमले कांग्रेसलाई ‘प्रधानमन्त्रीको चेहरा’ दिएर चुनावी अभियानलाई एकीकृत बनाउने प्रयास हो। तर पार्टीभित्रका असन्तुष्टि र उम्मेदवार छनोट प्रक्रियाको आलोचनालाई भने गगनले ‘समय अभाव’ भनेर बचाउ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्‍यो – ‘अब कांग्रेस बद्लियो, देश पनि बदल्छौं’ : गगन

सम्बन्धित

ओखलढुंगामा एमालेको ‘पूर्ण विद्रोह’: जिल्ला कमिटी नै नेकपामा प्रवेश

योगेश भट्टराई : “अध्यक्षको कुराले चिन्तित र दुःखी भएँ, तर मिसनमा अडिग छु”

मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

नेकपा कालीकोटमा उम्मेदवार विवाद टुंगियो, जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

सभापति भएपछि पहिलोपटक गगन थापा सानेपा

बाबुरामको उम्मेदवारी फिर्ता – “यो अब राजनीतिक होइन, बाध्यताको नाटक मात्र हो” (पूर्ण वक्तव्य)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com