ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस विवादमा बहस सकियो, आदेश आजै आउने


एबीसी न्यूज
माघ ६, २०८२ मंगलबार  २ : ४६ बजे

काठमाडौं ६ माघ । नेपाली कांग्रेसको नेतृत्व विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ सम्पन्न भएको हो।

निर्वाचन आयोगले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा पक्ष अदालत गएको हो। निवेदकका तर्फबाट पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीसहितका कानुन व्यवसायीहरूले आयोगले एकतर्फी रूपमा मात्रै कुरा सुनेर निर्णय गरेको दाबी गरे।

बहसका क्रममा अवैधानिक विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई चुनावी प्रक्रिया, विशेषतः टिकट वितरण गर्न नदिनुपर्ने तर्क अघि सारियो। निर्वाचन हुन अझै करिब ४० दिन बाँकी रहेको भन्दै मनोनयन प्रक्रिया यथास्थितिमा राख्न सकिने दाबी पनि देउवा पक्षले गरेको छ।

रिटमा विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै कार्यसमिति भंग गर्न र माघ ६ गते भएको मनोनयन प्रक्रिया रोक्न माग गरिएको छ। मनोनयन भइसकेको अवस्थामा नयाँ मिति तोक्नुपर्ने माग समेत सर्वोच्चमा राखिएको छ।

बहस सकिएकाले अदालतले आजै आदेश दिने सम्भावना रहेको छ। सर्वोच्चको निर्णयले कांग्रेसको वर्तमान नेतृत्व र आगामी निर्वाचन प्रक्रियामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com