काठमाडौं, ६ माघ २०८२ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको छ । विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वको सन्देशअनुसार धेरै पुराना तथा ‘हेभीवेट’ नेताहरूको टिकट काटिएको छ भने नयाँ तथा मध्य पुस्ताका अनुहारहरूलाई अवसर दिइएको छ ।
मुख्य–मुख्य परिवर्तनहरू (हालसम्मका अपडेट)
डडेलधुरा
- पुरानो : शेरबहादुर देउवा (२०४८ देखि निरन्तर जित्दै आएका)
- नयाँ : नैनसिंह महर
- किन ? देउवाले आफैं चुनाव नलड्ने घोषणा गरेका छन् । विशेष महाधिवेशनको ‘रूपान्तरण’ सन्देश खलबलिन नदिन र नयाँ पुस्तालाई मौका दिन टिकट परिवर्तन गरिएको हो ।
- नैनसिंह महर केन्द्रीय सदस्य, शिक्षा विभाग प्रमुख तथा पूर्व नेविसंघ अध्यक्ष हुन् ।
सिन्धुली–२
- नयाँ उम्मेदवार : सुशीला थिङ
- पृष्ठभूमि : अघिल्लो कार्यकालमा समानुपातिक सांसद तथा संसदको सचेतक रहेकी थिङलाई यसपटक प्रत्यक्षबाट टिकट दिइएको छ ।
- प्रतिस्पर्धी : एमालेबाट मनोजजंग थापा, नेकपाबाट लेखनाथ दाहाल
नवलपुर–१
- पुरानो : डा. शशांक कोइराला (अघिल्लो पटक विजयी)
- नयाँ : गजेन्द्रबहादुर आले
- पृष्ठभूमि : आले गैँडाकोट नगरपालिका–१२ का निवासी, कांग्रेस महासमिति सदस्य । स्थानीय तह निर्वाचनमा गैँडाकोटको मेयरमा हारेका थिए ।
- शशांक कोइरालाको ठाउँमा परिवर्तनले पनि मध्य पुस्तालाई मौका दिने रणनीति देखिन्छ ।
ओखलढुंगा
- पुरानो : रामहरि खतिवडा (अघिल्लो पटक विजयी)
- नयाँ : कुमार लुइटेल
- विशेषता : अन्तिम समयमा टिकट फेरबदल भएको यो क्षेत्रमा पनि नयाँ अनुहारलाई अवसर दिइएको छ ।सिन्धुपाल्चोक (दुवै क्षेत्र)
- क्षेत्र नं १ : जंगबहादुर लामा (जिल्ला सभापति)
- क्षेत्र नं २ : वंशलाल तामाङ (इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष)
- उल्लेखनीय :








प्रतिक्रिया दिनुहोस्