काठमाडौं / विराटनगर ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोटलाई लिएर गम्भीर असन्तुष्टि सतहमा आएको छ। एकातिर तेह्रथुममा वडादेखि जिल्ला कमिटीसम्म सामूहिक राजीनामा, अर्कोतिर दाङ–२ मा टिकटविरुद्ध हस्ताक्षर अभियान सुरु भएको छ।
🔴 तेह्रथुम अपडेट: पार्टी संरचनै हल्लियो
- रास्वपा तेह्रथुम जिल्ला कार्यसमिति र सबै स्थानीय तहका कमिटीहरूले सामूहिक राजीनामा दिए
- आरोप: केन्द्रले जिल्ला र प्रदेशको भावना मिचेर उम्मेदवार थोपरेको
- ‘घण्टी’ चुनाव चिह्नसहित इञ्जिनियर सुरेन्द्र कार्कीलाई साझा उम्मेदवार बनाउने सहमति उपेक्षा
- पार्टीले आफैं बनाएको उम्मेदवार छनोट विधि उल्लंघन भएको दाबी
- राजीनामा पत्र केन्द्रीय सभापति रवि लामिछानेलाई सम्बोधन
राजीनामा दिने प्रमुख नेताहरू
- जिल्ला सभापति: ई. सुमन खत्री
- म्याङलुङ: गणेश खापुङ
- लालीगुराँस: सुमन लिम्बु
- मेन्छ्यायेम: छात्रबहादुर थापा
- छथर: विष्णु एस कटुवाल
- फेदाप: लक्ष्मण थापा
- आठराई: चेतन गौतम
- साथै, सबै वडा र पालिका कमिटी
🔴 दाङ–२ अपडेट: टिकटविरुद्ध खुला असन्तोष
- सहमहामन्त्री विपिनकुमार आचार्यलाई टिकट दिइएपछि विवाद
- स्थानीय नेता–कार्यकर्ताले हस्ताक्षर संकलन गरेर केन्द्रमा बुझाए
- आरोप: भूगोलमा काम नगरेका, केन्द्रमुखी नेताले टिकट पाए
- माग: प्राइमरी इलेक्सन वा भुइँतहमा काम गरेको उम्मेदवार
- ई. विशाल अधिकारीलाई उम्मेदवार बनाउन दबाब
- अघिल्लो निर्वाचनमा १५,८६१ मत
- शंकर पोखरेल र रेखा शर्मासँग कडा प्रतिस्पर्धा
पत्रको चेतावनी:
“जनताले नचिनेका र जनतामा नघुलमिल भएका उम्मेदवार अन्तिम समयमा ल्याउँदा हारको जोखिम छ।”








प्रतिक्रिया दिनुहोस्