ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको टिकट : गोरखा र गुल्मीमा पुराना अनुहार, रोल्पामा नयाँ उम्मेदवार


एबीसी न्यूज
माघ ५, २०८२ सोमबार   ७ : ३०   बजे

काठमाडौं, माघ ५, २०८२ : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसले देशका विभिन्न रणनीतिक निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने क्रम तीव्र पारेको छ। पार्टीको संसदीय बोर्डले तल्ला समितिको सिफारिसका आधारमा गोरखा, गुल्मी र रोल्पामा उम्मेदवार छनोट गरेको हो।

गोरखाका दुवै क्षेत्रमा कांग्रेसका उम्मेदवार टुंगो

नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार चयन गरेको छ।

  • गोरखा–१ मा प्रेमकुमार खत्री
  • गोरखा–२ मा प्रकाशचन्द्र दवाडी

खत्री कांग्रेसका महाधिवेशन तथा महासमिति सदस्य हुन् भने दवाडी गण्डकी प्रदेशका पूर्वसांसद हुन्। भोलि मंगलबार उम्मेदवारी दर्ता हुने कार्यक्रमसँगै गोरखामा कांग्रेसको चुनावी गतिविधि तीव्र हुने देखिएको छ।

गुल्मीमा चिरपरिचित प्रतिस्पर्धा, रास्वपा पनि मैदानमा

कांग्रेसले गुल्मी–१ मा चन्द्र भण्डारी र गुल्मी–२ मा भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

भण्डारी २०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित सांसद हुन्। गुल्मी–१ मा उनको प्रतिस्पर्धा नेकपा एमालेका प्रदीप ज्ञवालीसँग निरन्तर हुँदै आएको छ। पछिल्ला निर्वाचनहरूमा दुवै पालैपालो विजयी हुँदै आएका छन्।

गुल्मी–२ का उम्मेदवार भुवन श्रेष्ठ २०७४ मा रेसुङ्गा नगरपालिकाका मेयर थिए भने २०७९ मा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। उनी हाल लुम्बिनी प्रदेश कांग्रेसका उपसभापति हुन्।

यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सागर ढकाल पनि उम्मेदवार रहेकाले गुल्मी–१ त्रिकोणात्मक प्रतिस्पर्धातर्फ जाने संकेत देखिएको छ।

रोल्पामा वर्षमान पुनलाई टक्कर दिन कांग्रेसले अघि सार्‍यो नयाँ अनुहार

तत्कालीन माओवादीको आधार इलाका मानिने रोल्पामा नेपाली कांग्रेसले यसपटक नयाँ र युवा अनुहार अघि सारेको छ। कांग्रेसले ३३ वर्षीय अर्थविद् डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाएको हो।

वली हाल लुम्बिनी प्रदेश योजना आयोगका सदस्य थिए। टिकट पाएपछि उनले पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ताका लागि रोल्पा प्रस्थान गरेको कांग्रेस नेता मनोजमणि आचार्यले जनाएका छन्।

रोल्पामा उनका मुख्य प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन हुन्, जो २०७४ यता निरन्तर यही क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी चुनावी तालमेल हुँदा वर्षमान पुनले ४१ हजार ७ सय १४ मत ल्याएर जितेका थिए। उक्त निर्वाचनमा एमालेका पूर्ण बुढामगरले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका थिए।

कांग्रेसको रणनीति: कतै अनुभव, कतै पुस्तान्तरण

गोरखा र गुल्मीमा अनुभवी तथा चिरपरिचित नेताहरूलाई अघि सारेको कांग्रेसले रोल्पाजस्तो माओवादी प्रभावशाली क्षेत्रमा भने पुस्तान्तरण र नयाँ सन्देश दिन खोजेको देखिन्छ। टिकट वितरणले कांग्रेसले क्षेत्रअनुसार फरक रणनीति अपनाएको स्पष्ट संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

कांग्रेसको प्रतिक्रिया– आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन

अब बिजुलीमा पनि भ्याट लाग्ने

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group