काठमाडौं, ३० पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले अबको निर्वाचन प्रचारशैली बदल्ने बताएका छन् । ठूल्ठूला सभा गर्ने चलन पुरानो भइसकेको भन्दै उनले अबको चुनावमा आफ्नो पार्टी जनताको घरदैलोमै केन्द्रित हुने घोषणा गरे ।
सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले तामझामपूर्ण सभाभन्दा जनतासँगको प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिने बताए । उनले युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्न सूचना प्रविधिको प्रयोगमा विशेष जोड दिने नीति लिएको सुनाए । विगतमा गरेका गल्ती नदोहोर्याउने बाचासहित चुनावी मैदानमा होमिन उनले कार्यकर्तालाई निर्देशन दिए ।प्रचण्डले भने, ूअहिलेको जमाना अनुसार ठुला सभा गरेर भोट धेरै आउने भन्ने हुँदैन, त्यो पुरानो भइसक्यो । अब घरघर र टोलटोलमा पुगेर हाम्रा सङ्कल्प र एजेन्डाहरू बुझाउनु महत्त्वपूर्ण छ । हामी पुराना गल्तीबाट सिकेर अघि बढ्न चाहेका छौँ र देशको नेतृत्व लिन चाहेका छौँ भनेर जनतालाई बुझाउन जरुरी छ ।काठमाडौँको रैथाने समस्या बुझेका सुमन सायमीलगायतका नेताहरू आफ्नो पार्टीमा समाहित भएकाले अब काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रमा आफ्नो पार्टी विजयी हुने दाबी पनि उनले गरे । सातवटै प्रदेशमा अपिल गरिसकेको भन्दै उनले अबको मिसन टोल र बस्ती केन्द्रित हुने स्पष्ट पारे ।



















प्रतिक्रिया दिनुहोस्