ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पपीडिलाई दिने भनिएको थप १ लाख रुपैँयाको किस्सा के हो ? (भिडियो)


admin

काठमाडौं, २३ चैत ।भूकम्पपीडितलाई सुशील कोइराला नेतृत्वको सरकारले ५०÷५० हजारका दरले किस्ता दिने भनेको थियो । तर त्यस बेला तयारी गर्दा गर्दै सरकारले किस्ता वितरण गर्न सकेन । कोईरालापछि केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारले किस्ता वितरण गर्न सुरु मात्रै ग-यो । ओलीपछि प्रधानमन्त्री बने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

प्रधानमन्त्री हुनुअघि अध्यक्ष प्रचण्डले अनुदान रकम पाँच लाख पु-याउनुपर्ने बताएका थिए । तर, उनको भाषण सार्वजनिक खपतका लागि मात्र थियो । प्रधानमन्त्री भएपछि पाँच लाखको कुरा हराएर गयो । उनले एक लाख मात्र बढाउन सके ।

प्रचण्डपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ १० गते भूकम्प पीडितलाई थप १ लाख दिने निर्णय ग-यो ।

सो निर्णयको बारेमा अहिले सरकार, प्रतिपक्ष दल, भूकम्पपीडित देखि संसदसम्म चर्चा बहस सुरु भएको छ । देउवा सरकारले थप गरेको एक लाख रुपैयाँ के हो त भन्ने भन्नेबारेमा आरोप प्रत्यारोप सुरु भएको छ ।

देउवापछि केपी ओली पुनः प्रधानमन्त्री भएका छन् । देउवा सरकारले गरेको निर्णय आफ्नो सरकार गठन भएपछि कार्यान्वयन नगर्ने चेतावनी ओलीले पहिला नै दिइसकेका थिए । देउवा सरकारले गरेका निर्णय यतिबेला कार्यान्वयन हुने नहुनेमा दुविधा पैदा भएको छ ।

सत्ता बाहिर हुदाँ स्वयम् एमालेले भूकम्पीडितका निजी आवास निर्माणमा तीन लाख अपुग हुने भन्दै ५ लाख दिनुपर्ने बताउदै आएको थियो । यद्यपी प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले उठाएको जवाफ दिंदै भूकम्पपीडितको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।

भूकम्प पीडितको नाममा यहाँ धेरै राजनीति भएको छ । कहिले रकम पाँच लाख पु-याउने त कहिले तीन लाख, यसरी आशै आशमा पीडितहरुको अनुहार घाम छाँया जस्तै बनेको छ । भूकम्प पीडितले खास कति रकम पाउने हुन् यसै भन्न सकिने अवस्था छैन । अनुदानको भरमा आवास निर्माण गर्छौं भन्नेहरू झनै अन्यौलमा छन् । भिडियो-

https://www.youtube.com/watch?v=72jbkycwCoo

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com