ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न सकिदैन- मन्त्री पोखरेल


admin

काठमाडौं, २२ चैत । सरकारले शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न नसकिने स्पष्ट पारेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनको नवौैं संशोधन खारेज गर्न नसकिने प्रष्टयाउनु भएको हो ।

विहिबार संशोधन खारेजको माग गर्दै आएका प्रमुख तीन विद्यार्थी संगठनका नेतृत्वसँगको सामूहिक भेटमा उहाले शिक्षा ऐनको नवौं संशोधनको पक्षमा आफू नरहेपनि त्यसलाई खारेज गर्ने परिस्थिति भने नरहेको तर्क गर्नुभयो ।

मन्त्री पोखरेलले बरु परीक्षालाई गुणात्मक ढंगले अघि बढाउन अस्थायी शिक्षकहरुको परिक्षा स्थगित गरिएको पनि स्पष्ट पार्नुभयो । उहाले युवा जनशक्ति शिक्षा क्षेत्रमा प्रवेश गराउन आफूले विशेष कार्यक्रम नै संचालन गर्ने आश्वासन पनि दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सरोकारवालाहरुको आग्रहका कारण पनि आफू शिक्षाको नवौं संशोधन खारेज गर्न सक्ने अवस्थामा नरहेको मन्त्री पोखरेलको भनाई छ । उहँले शिक्षाको गुणात्मक विकासमा ध्यान दिन पनि शिक्षकहरुलाई सचेत गराउनुभयो ।

मन्त्री पोखरेलले निजी क्षेत्रका विद्यालयहरुलाई चर्को शुल्क असुली गर्न नदिन नियमनको काममा कडाई गर्ने पनि बताउनु भयो ।

अनेरास्ववियू, नेपाल विद्यार्थी संघ र अनेरास्ववियू क्रान्तिकारीले लाईसेन्स लिएर बसेका युवा पुस्तालाई प्रवेशमा रोक लगाउने गरी अस्थायी शिक्षकहरुलाई मात्रै स्थायी गर्नेगरी आएको शिक्षा ऐन नवौं संशोधन खारेज गर्न माग गर्दै सरकारलाई दवाव दिईरहेका छन ।

त्यसैगरी उनीहरुले निजी विद्यालयहरुले भर्नाको नाममा चर्को शुल्क लिने गरेको भन्दै त्यसलाई सहज बनाउन पनि शिक्षामन्त्री पोखरेलको गम्भिर ध्यानाकर्षण गराएका छन । विद्यालय भर्ना शुल्क सहज बनाउन पनि सरकारलाई आवश्यक नियमनको काम गर्न माग गरिएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीेले जानकारी दिनु भयो ।

नेपाल विद्यार्थी संघ विद्यार्थी संगठनहरुले चर्को दवाव दिएपछि चैत्र २३ गते तोकिएको अस्थायी शिक्षकहरुको परीक्षा भने स्थगित गर्न सरकार बाध्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

काठमाडौं, ७ जेठ ।  काठमाडौं महानगरको मतगणना जारी रहेको छ । १ लाख ३४ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ ।

एबीसी टेलिभिजन स्थानीय तहको निर्वाचनको एक्जीट पोल शतप्रतिश मिलाउन सफल

काठमाडौं, ७ जेठ । एबीसी टेलिभिजनले स्थानीय तहको निर्वाचनमा सहभागी रहेका दल लगायत स्वतन्त्र उम्मेदवारले प्राप्त गर्न सक्ने नतिजाको प्रक्षेपण गरेको थियो । एबीसी टेलिभिजनले

एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

काठमाडौं, ७ जेठ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ। शनिबार अपरान्हसम्म ६९० पालिकाको अन्तिम परिणाम आइसकेको छ। अहिलेसम्मको

सम्बन्धित

काठमाडौंमा १ लाख मतगणना : बालेन पहिलोमा, स्थापित तेस्रोमा, कसको मत कति ?

एबीसी टेलिभिजन स्थानीय तहको निर्वाचनको एक्जीट पोल शतप्रतिश मिलाउन सफल

एमालेले धेरै जित्यो मेयर र अध्यक्षभन्दा उपमेयर र उपाध्यक्ष

व्यास नगरपालिकामा पछि पर्न थाले स्वतन्त्र उम्मेदवार जोशी

६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

काठमाण्डौ महानगरमा केशव स्थापित बालेन साहभन्दा १५ हजार ४ सय ३५ मतले पछाडि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com