ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा २३ बिघा जमिन किन्दा ३५ करोड घोटाला (भिडियो)


admin
श्रावण १७, २०७४ मंगलबार   ९ : ००   बजे

झापा, १७ साउन । देशभर सरकारले जमिनको मुल्य तोकेको हुन्छ । तर, सरकारी मुल्यमा प्रयाजसो जमिन खरिद विक्रि हुँदैन । सबै क्षेत्रमा चलनचल्तिकै मुल्यमा जमिन खरिद बिक्रि हुने गरेको छ । झापामा सरकारले जमनिको मुल्य प्रति कठ्ठा ५ लाख भन्दा कम तोकेको छ । चलनचल्तीमा भने ५ देखी ६ लाख रुपैयाँमा सामान्य जमिन किनबेच हुन्छ । तर, नेपाल आयल निगमले झापामा सामान्य खेतीयोग्य २३ बिघा जमिन दोब्बर मुल्यमा खरिद गरेको छ । सरकारी र चलनचल्तीको मुल्यलाई आधार मान्दा जमिन खरिद गर्दा आयल निगमले झापामा लगभग ३५ करोड घोटाला गरेको देखिन्छ ।

सरकारले सात वटै प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद प्रकृया अघि बढाएको छ । नेपाल आयल निगमले झापा, चितवन, भैरहवा र सर्लाहीमा जमिन खरिद गरिसकेको छ । एक नम्बर प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारणका लागि नेपाल आयल निगमले झापामा २३ विघा ३ कठ्ठा १३ धुर जमिन खरिद गरिसकेको छ । निगमले २३ विघा ३ कठठा १३ धुर जमिन ६२ करोड ६१ लाख ८८ हजार ५ सयमा खरिद गरेको मालपोत कार्यालय झापाको मोठमा देखिन्छ ।

जिल्ला मालपोत कार्यालय झापाको जग्गापास मोठ तथ्याक अनुसार १६ जना व्यक्तिले निगमलाई जमिन बेचेका छन् । २०७३ जेठ ३ र ४ गते जमिन निगमको नाममा पास भएको मालपोत कार्यालयका अधिकृत तथा सूचना अधिकारी दिपेन्द्र खत्रीले जानकारी दिए ।

निगमले को को बाट कतिमा जमिन किन्यो ?

आयगल निगमले झापाका १६ जनाबाट जमिन किनलेको जिल्ला मालपोत कार्यालय झापामा उल्लेख छ । आयल निगमले साविकको दुवागढी–३ हालको मेचीनगर–१५ मा १६ जनाबाट जमिन खरिद गरेको हो । निगमले दुवागढीका चीरञ्जीवी मरासिनी को कित्ता नम्बर ११९८ को १० कठ्ठा जमिन १ करोड ३५ लाख १० हजारमा खरिद गरेको छ । त्यस्तै, दिपककुमार कार्कीको कित्ता नम्बर ५८ को जग्गा १ विघा १८ कठ्ठा, कित्ता नम्बर ५९ को १ विघा १८ कठ्ठा, कित्ता नम्बर ६७ को १ विघा १ कठ्ठा गरी ४ विघा १७ कठ्ठा जमिन १३ करोड १० लाख ४७ हजार रुपैयाँमा खरिद गरेको पाइएको छ ।

त्यसैगरी, नारायण मरासिनीको कित्ता नम्बर १०४० नम्बरको १० कठ्ठा १ करोड ३५ लाख १० हजार र राम मरासिनीको कित्ता नम्बर ७०९ को १० कठ्ठा जमिन १ करोड ३५ लाख १० हजार रुपैयाँ तिरेर निगमले खरिद गरेको गरेकोछ । निगमले दुवागढीकै भानु मरासिनीको कित्ता नम्बर १०३९ र १०४१ को १० कठ्ठा जमिन १ करोड ३५ लाख १० हजार र नमिका कार्कीको कित्ता नम्बर ३०६ को १ विघा १२ कठठा १० धुर जमिन ४ करोड ३९ लाख ७ हजार ५ सय रुपैयाँमा खरिद गरेको जिल्ला मालपोत कार्यालय झापाले जानकारी दिएको छ ।

त्यस्तै, विष्णु कार्की भटटराईको कित्ता नम्बर ६४७ को ३ कठ्ठा ३ धुर जमिन ४२ लाख  ५५ हजार ६ सय ५० रुपैयाँमा खरिद गरेको निगमले छत्रकुमार कार्कीको कित्ता नम्बर ५७ को १ विघा १८ कठ्ठा जमिन ५ करोड १३ लाख ३८ हजारका दरले खरिद गरेको छ ।  गोमा कुमारी बस्नेतको कित्ता नम्बर ७७५ को १ विघा २ करोड ७० लाख २० हजार रुपैयाँमा खरिद गरेको निगमले अनिलकुमार कार्की क्षेत्रीको कित्ता नम्बर ७९६ को जग्गा १ विघा जमिन २ करोड ७० लाख २० हजारमा किनेको छ ।

त्यसैरी निगमले विष्णुमाया कार्कीको कित्ता नम्बर ५६ को २ विघा १२ कठ्ठा जमिन ७ करोड २ लाख ५२ हजार किनेको छ भने भिमादेवी मरासिनी को कित्ता नम्बर ११९९ को १० कठ्ठा जमिन १ करोड  ३५ लाख १० हजार तिरेर खरिद गरेको छ । दुवागढीकै निरोजकुमार थपलियासँग कित्ता नम्बर ७०६ र ७७६ को ३ विघा १० कठ्ठा जमिन ९ करोड ४५ लाख ७० हजारमा खरिद गरेको निगमले रमेश गौतमको कित्ता नम्बर ४७० को १० कठ्ठा जमिनलाई १ करोड ३५ लाख १० हजार तिरेकोछ ।

त्यस्तै, आभास र अग्रिम कार्कीको कित्ता नम्बर १५४ को संयुक्त जमिन ३ विघा ६ कठ्ठाका लागि निगमले ८ करोड ९१ लाख ६६ हजार तिरेको छ भने कमलामाया बस्नेतको ६४३ नम्बरको ५ कठ्ठा जमिन ६७ लाख ५५ हजार तिरेर निगमले आफ्नो नाममा पास गरेको छ ।

झापामा ३५ करोड घोटाला

निगमले झापाको साविक दुवागढी–३ र हालको  मेचीनगर–१३ मा २३ विघा ३ कठ्ठा १३ धुर जमिन खरिद गरेको हो । झापामा चलनचल्तीको भाउ अनुसार खेती योग्य जमिनको मुल्य प्रति कठ्ठा ५ देखी ६ लाखको हाराहारी पर्छ । सरकारी मूल्य त्यो भन्दा पनि कम छ । चलनचल्तीको मुल्यलाई आधार मान्ने हो भने निगमले खरीद गरेको जमीनको मूल्य २७ करोड ८१ लाख पर्ने देखिन्छ । तर, आयल निगमले भने ६२ करोड ६१ लाख ८८ हजार ५ सय रुपैयाँमा जमिन खरिद गरेको जिल्ला मालपोत कार्यालयको मोठमा उल्लेख छ । यो रकमलाई आधार मान्दा झापामा आयल निगमले जग्गा खरिदको नाममा ३४ करोड ८० लाख ८८ हजार ५ सय रुपैयाँ घोटाला गरेको देखिन्छ । चलनचल्ती र निगमले किनेको जमिनको भाउ दाँज्दा निगमले प्रति कठ्ठा ६ लाख ५० हजार रुपैयाँ मुल्य बढी तिरेको देखिएको छ ।

निगमले को को बाट कतिमा जमिन किन्यो ? पीडीएफमा हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुरु हुँदै फुटबल महाकुम्भ

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन

भारतीय सेनाका जवानले चालक कुटेपछि सिक्किममा आक्रोश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group