ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धमाधम बन्दै सिन्धुली र उदयपुर जोड्ने पक्की पुल


admin
चैत्र २२, २०७४ बिहीबार  ५ : २२ बजे

 

सिन्धुली, २२ चैत । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ र सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ स्थित तावाखोलामा पक्की पुल निर्माण सुरु भएको छ ।

सिन्धुली र उदयपुरको सिमामा पर्ने तावाखोलामा पक्की पुल निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन्। वर्षौ देखिको खोलाको समस्या टर्ने भएपछि स्थानीयहरु हर्षित भएका हुन् ।

तावाखोलाको मारमा पर्दै आएका स्थानियलाई पुल निर्माण पछि आवातजावतको समस्या हल हुने विश्वास छ ।

दुधौदी नगरपालिका ९ का वडा अध्यक्ष रामकुमार अधिकारीले भने, ‘पुल नहुँदाखेरी वारी पारी गर्ने धेरै जनाले बगेर ज्यान गुमाईसकेका छन् । अब पुलको निर्माण पछि त्यस समस्याको अन्त्य हुनेछ ।’

उता पुलको निर्माण पश्चात् उदयपुरको कटारी बजारबाट सिन्धुलीको पुर्व क्षेत्रमा ढुवानी हुने विभिन्न उपभोग्य सामानको आयात निर्यात पनि सहज हुने दुधौली उद्योग वाणिज्य संघका अध्यक्ष बृजनारायण साह बताउँछन्।

कटारी नगरपालिका २ र दुधौली नगरपालिकामा ९ का सर्वसाधरणले वर्खाको समयमा तावा र कमला नदिमा आउने बाढीको कारण प्रसुती, सर्पदंश तथा अन्य आकस्मिक विरामीहरु उपचारबाट बन्चित हुँदै आएका थिए ।

लुम्बिनी शान्ति जेभी काठमाण्डौले पुल निर्माणको जिम्मा पाएको छ । निर्माणाधीन पक्कि पुल चार सय मिटर लामो र साढे १० मिटर फराकिलो हुनेछ।

४२ करोड ८० लाख लागतमा बन्ने उक्त पुल आगामी तीन बर्ष भित्र सम्पन्न भईसक्ने गरी काम भईरहेको निर्माण व्यवसायी हरि कार्कीले बताए ।

हाल पुलको २५ प्रतिशत भन्दा बढि काम सकिएको छ । सरकारले समयमै भुक्तानी दिए पुलको काम एक वर्ष अघिनै सकिने छ। सिन्धुलीको पुर्व क्षेत्रको मुल ढोका मानिने पुललाई उदयपुर सिन्धुलीको आर्थिक सम्बृद्धिको मुलमार्ग हो भन्दा फरक पर्दैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com