ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वन्यजन्तुको उपचार गर्न सौराहामा अस्पताल निर्माण


admin

चितवन, २२ चैत । चितवनको सौराहामा वन्यजन्तुको उपचार गर्न अस्पताल निर्माण भइरहेको छ । रत्ननगर नगरपालिका ६ सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक बिविधता संरक्षण केन्द्र सौराहाको जग्गामा अस्पताल निर्माण भइरहेको छ ।

करिब ३ करोडको लागतमा गतबर्षदेखी बनाउन सुरु भएको अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सौराहामा निर्माण भइरहेको वन्यजन्तुको अस्पताल नेपालमै पहिलो भएको राष्ट्रिय प्रकृती संरक्षण कोष जैविक बिविधता संरक्षण केन्द्र सौराहाका निमित्त प्रमुख रामकुमार अर्यालले बताउनुभयो ।

अस्पतालको अभावमा अहिले वन्यजन्तुको उपचार गर्न समस्या पर्दै आएको छ । पर्याप्त उपकरण र जनशक्ती अभावमा वन्यजन्तुको उपचार प्रभावकारी हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृती संरक्षण कोष जैविक बिविधता संरक्षण केन्द्र सौराहाका चिकित्सक तथा प्राविधिकले घाइते वा बिरामी वन्यजन्तुमा देखिने लक्षण हेरेर वन्यजन्तुको उपचार गर्दै आइरहेका छन् ।

अघिल्लो बर्षमात्रै ३० वटा जनावरको उद्धार गरेर सामान्य उपचार गरिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । सुविधायुक्त अस्पताल भएपछि गैडाँ , बाघ , हात्ती लगायतका वन्यजन्तुको उपचार गर्न सजिलो हुने उहाँले बताउनु भयो । अहिले सिमित स्रोतसाधनको बिच थोरै वन्यजन्तुको मात्रै उपचार गर्न सकिएकोले अस्पताल संचालन भएपछि एकै पटक धेरै वन्यजन्तुको उपचार गर्न सकिने पाठकको भनाइ छ ।

वन्यजन्तुको लागि अस्पताल निर्माण भएपछि राष्ट्रिय निकुञ्ज बिभाग र राष्ट्रिय प्रकृती संरक्षण कोषबाट चिकित्सक एवं प्राविधिकको दरबन्दी राखेर स्तरिय अस्पताल बनाउने सरोकारवालाहरुको योजना छ ।

अस्पतालको अभावमा अहिले घाईते वन्यजन्तुको उद्धार गरेर उपचार गर्न समस्या हुँदै आएको छ । एक्स रे मेसिन, ल्याबको अभावमा चिकित्सकले वन्यजन्तुको लक्षण हेरेर त्यसको उपचार गर्नुपर्ने बाध्यता रहेको राष्ट्रिय प्रकृती संरक्षण कोष जैविक बिविधता संरक्षण केन्द्रका पशु चिकित्सक डा. अमिर सडौलाले बताए ।

तोकिएकै समयमा अस्पतालको निर्माण सम्पन्न भए अबको ४ महिनामा अस्पतालबाटै वन्यजन्तुको उपचार हुनेछ । समयमा नै उचित उपचार पाए सवारीसाधनको ठक्कर बाट घाइते भएका , वन्यजन्तु आपसमा जुध्दा हुने घाइते र बिभिन्न रोगको कारणले अकालमा हुने वन्यजन्तुको मृत्युको संख्या घटाउन सकिनेछ । त्यसैले अस्पताल निर्माण कार्य छिटो सम्पन्न गरेर सेवा सुरु गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै

चीनमा बनेको पाकिस्तानी जेटले भारतीय लडाकु विमान खसालेपछि विश्वभरि रक्षा उद्योगमा चिन्ता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरौँ: राष्ट्रपति

ट्रम्पले भने- युक्रेनले पुटिनको प्रस्ताव मान्नुपर्छ

गण्डकी त्रिभुज परियोजना कार्यान्वयन नभएकामा वर्षमानको असन्तुष्टि

गौतम बुद्ध अहिंसाको उज्यालो प्रकाश- प्रधानमन्त्री

जेलेन्स्कीले भने: बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु

छत्तीसगढमा २ गाडी ठोकिँदा १३ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com