ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तातोपानी कुवा: डोल्पालीका लागि अस्पताल बन्दै


admin

डोल्पा, २२ चैत । बिरामी पर्दा डोल्पाका अस्पतालमा सामान्य सिटामोलसम्म नपाउनु यहाँका जनताको नियति नै बनिसकेको छ ।

दुर्गम जिल्ला डोल्पाका सर्वसाधारणले वर्षौंदेखि स्वास्थ्योपचारका लागि विभिन्न प्रकारका समस्या भोग्दै आएका छन् । तर पछिल्लो समयमा डोल्पाली जनताको उपचार गर्ने अस्पतालका रुपमा बाफिलो तातोपानीका कुवा प्रयोग हुन थालेका छन् । यस्ता कुवामा जमिनको भित्री भागबाट नै तातो बाफयुक्त पानी आउने गर्दछ ।

प्राकृतिक रुपमा आफँै बनेका यी कुवा लामो समयदेखि डोल्पालीका लागि अस्पताल बन्दै आएका छन् । यी कुवामा डुबुल्की मारेर नुहाउनाले विभिन्न प्रकारका रोग निको हुने विश्वास रहेको छ ।
त्रिपुरासुन्दरी नगरपालिका—१ की स्थानीय धनकली सार्कीका अनुसार विगत चार वर्षसम्म शरीर दुख्ने रोगले हैरान पारेको थियो, पटकपटक जाँच गराउँदासमेत निको भएको थिएन, पछि गाउँका महिलाले तातोपानी कुवामा पुगेर नुहाएपछि निको हुन्छ भनेर बताए, उनीहरुले भनेअनुसार तातोपानी कुवामा नुहाएपछि शरीर दुख्ने रोग हराएको सार्कीले बताउनुभयो ।

“अहिले शरीर स्वच्छ छ, हरेक वर्ष यही समयमा तातोपानी पुग्छु, तीन दिनको बसाइमा सात पटकसम्म नुहाउने गरेपछि निको भएको छ”, सार्कीले भन्नुभयो, “हामी गरिब समुदायका लागि यस्ता कुवा अस्पताल नै साबित भएका छन् ।” प्रत्येक वर्ष यस्ता तातोपानीका कुवामा नुहाउनाले छाला, मुटुजन्य, बाथ, औलो, ज्वरो, मोटोपनलगायत विभिन्न प्रकारका दीर्घ रोगसमेत निको हुने डोल्पाली सर्वसाधारणको विश्वास रहेको छ ।

यस कारण पनि फागुन पहिलो सातादेखि चैत अन्तिम साता सम्मको अवधिमा हजारौँ सर्वसाधारण तातोपानी कुवा पुग्ने गर्दछन् । जिल्लाको फलरुपी, सुँपानी, सहरतारा, रुपगाडलगायतका स्थानमा तातोपानी तथा पहेँलो पानीको कुवा रहेका छन् । आर्थिक रुपमा सम्पन्न व्यक्तिका लागि मात्रै महँगा अस्पताल भएको र गरीबका लागि तातोपानी कुवा नै अस्पताल साबित भएको त्रिपुरासुन्दरी नगरपालिका–१ स्थानीयवासी मुना सार्कीले बताउनुभयो ।

उक्त कुवामा नुहाउने गरेपछि आफ्नो शरीर झम्झमाउने तथा मुटु दुख्ने रोग निको भएकाले हरेक वर्ष तातोपानी पुग्ने गरेको थापाको भनाइ छ । “यस्ता कुवाले जिल्लाबाहिर गएर उपचार गराउँदा लाग्ने पचासौँ हजार रुपैयाँ जोगिएको छ”, थापाले भन्नुभयो । यस्ता कुवामा नुहाउन फागुनदेखि चैतसम्म समय मात्रै उपयुक्त मानिन्छ । यस वर्ष पनि उक्त कुवामा नुहाउन जाने भीडभाड देख्न पाइन्छ । बाटाघाटामा गाउँ–गाउँबाट झरेका कुवामा पुग्नेको लर्को लागेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका—१ का धनमल सार्की पनि परिवारसहित तातोपानी पुग्नुभएको छ । तातोपानीमा नुहाउनाले वर्षौंदेखि मुटु पोल्ने रोक सञ्चो भएको उहाँले बताउनुभयो ।

प्रायः स्थानीय समूहमा जाने भएकाले घरबाटै मीठामीठा परिकार लिएर गाँसबासको व्यवस्थासहित घरमा ताला मारेर केटाकेटी, बूढाबूढी सबै तातोपानी कुवा पुग्ने गर्दछन् । महिनाँैसम्म चिसोपानीमा नुहाएको शरीरलाई तातोपानीमा डुबाउँदा शरीर कमलो र कमजोर हुने भन्दै दूध, मासु जस्ता पोसिलो खानेकुराको बन्दोबस्त गरेर स्थानीयवासी पुग्दछन् ।

तातोपानीमा नुहाएर घर फर्केपछि कम्तीमा एक हप्तासम्म आराम गर्नुपर्ने तातोपानी कुवा पुग्ने बताउँछन् । विशेष गरेर यस्ता तातोपानीका कुवामा पुरुषको तुलनामा महिला धेरै पुग्ने गर्दछन् ।

ग्रामीण महिला बाह्रै महिना खेतीपातीको कामकाजले स्वास्थ्य जाँच गर्ने समयसमेत नहुने भएकाले यतिखेर घरायसी कामको बोझसमेत कम हुने भएकाले उपचारका लागि पुरुषभन्दा तुलनात्मक रुपमा महिला धेरै जाने गरेको त्रिपुरासुन्दरी नगरपालिका—१ बस्ने कालिका बिष्टले बताउनुभयो ।

जिल्लाका केही तातोपानीका कुवासम्म पुग्ने बाटो अत्यन्तै जोखिमयुक्त भएकाले सुधार गर्नुपर्ने ठूलीभेरी नगरपालिका—९ का स्थानीयवासी अमर सिंह कठायतले बताउनुभयो ।

यस्ता कुवालाई व्यवस्थित बनाएर पर्यटकीय स्थलका रुपमा विकसित गरेर आर्थिक लाभ लिन सकिने समेत कठायतको भनाइ छ । उक्त कुवामा नुहाउन जाने मान्छेको चाप बर्षेनि बढ्दै जान थालेकाले यसलाई व्यवस्थित गराउन सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com