ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५२ घरेलु बालश्रमिक बालबालिका भेटिए


admin

काठमाडौँ, २१ चैत । दुर्गम जिल्ला बाजुराबाट ५२ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ ।

गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको पाइएको हो ।

समितिका कार्यकारी निर्देशक तारक धितालले त्यसरी प्रयोग हुन विवस बालबालिकालाई उद्धारको प्रक्रिया शुरु भएको बताउनुभयो । “को को कहाँ कहाँ छन् भनेर खोज्ने काम भइरहेको छ, त्यसरी प्रयोग गर्नेलाई कानूनी कारवाहीका लागि पहल गरिने छ,” उहाँले भन्नुभयो ।

उक्त चार महिनाको अवधिमा सबैभन्दा बढी फागुनमा ९६, पुसमा ३० र माघमा १४ जना बालबालिकालाई बालश्रममा प्रयोग गरिएको देखिएको छ । बालश्रमको संख्यामा निकै वृद्धि भएकाले आफूहरुलाई चिन्तित बनाएको कार्यकारी निर्देशक धितालले बताउनुभयो ।

बालश्रम ९निषेध र नियमित गर्ने० ऐन, २०५६ ले बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन निषेध गरेको छ । चौध वर्ष उमेर नपुगेका बालबालिकालाई कुनै पनि स्वरुपमा श्रमिकका रुपमा काममा लगाउन हुँदैन । अध्ययन अवधिमा बालश्रमसम्बन्धी १४० वटा घटना सञ्चारमाध्यममा प्रकाशनमा आएका थिए ।

चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम चार महिनाको अवधि ९साउनदेखि कात्तिक० मा १३ वटा बालश्रमसम्बन्धी घटना भएका थिए । बालबालिकालाई श्रममा प्रयोग गरिएको प्रकृतिलाई हेर्दा घरेलु तथा होटलमा श्रमिकका रुपमा सबैभन्दा बढी ४३ प्रतिशत ९६० जना० रहेका छन् भने इँट्टा उद्योगमा २६ प्रतिशत ९३६ जना० र पढाइ खर्च जुटाउन ३१ प्रतिशत ९४४ जना० बालबालिका रहेको प्रतिवेदनमा उल्लेख छ ।

बालश्रममा परेकामध्ये जिल्ला बालकल्याण समिति बाँकेको समन्वयमा जिल्लाका इँटा उद्योगमा गरिएको अनुगमनबाट २० जना ९१६ बालक, चार बालिका० बालबालिकालाई उद्धार गरिएको छ । पढाइ खर्च जुटाउने काममा लागेका बालबालिकाको विवरणलाई विश्लेषण गर्दा सल्यानमा बालुवा सङ्कलनमा २४ जना (१६ बालक र आठ बालिका), मकवानपुरमा आठजना बालबालिका राजमार्गमा लालीगुराँस बेच्दै, गोरखामा छजना बालबालिका भरियाका रुपमा रहेको पाइयो भने अन्य छजना खोटो सङ्कलन कार्यमा संलग्न भएको पाइएको थियो । । बालश्रमिकका रुपमा प्रयोग गरिएका बालबालिकामा बालक ५६ प्रतिशत ९७९जना० र बालिका ४४ प्रतिशत ९६१ जना० छन् ।

उमेर समूहका आधारमा १० वर्ष वा सोभन्दा मुनिका ११ जना, ११ देखि १४ वर्षका ४४ जना र १५ देखि १८ वर्षका ८५ जना रहेका छन् । यस अवधि ९मंसिरदेखि फागुन० मा १४० वटा बालश्रमका घटना प्रकाशमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com