ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले भने- देशको शिर निहुरिने गरी कुनै सम्झौता गर्दिन ( भिडियो सहित)


admin

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने राजकीय भारत भ्रमण विशेष गरी सम्झौतामा भन्दा पनि सम्बन्ध थप मजबुत पार्न केन्द्रित हुने बताएका छन् । संसदमा भारत भ्रमण बारे जानकारी दिंदै प्रधानमन्त्री ओलीले भारतसँग नयाँ नयाँ सम्झौता गर्नुभन्दा पनि पुरानै सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने बताएका छन् । ओलीको यो अभिव्यक्ति भारतसँग नयाँ सम्झौताहरु नगर्ने बरु पुरानैलाई कार्यान्वयन गर्दै लैजाने भन्नेमा केन्द्रित छ ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसका आधारमा बुझ्न सकिन्छ, यसपटकको प्रधानमन्त्रीको भारत भ्रमण भारतसँग आर्थिक र राजनीतिक रुपमा सम्बन्ध मजबुत बनाउने दिशामा विशेष केन्द्रित रहने देखिन्छ ।

प्रधानमन्त्री ओलीले भारतस“ग कृषि, जलमार्ग, रेलमार्ग र पर्यटन प्रबद्र्धनका विषयमा आफ्ना समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्ने बताएका छन् । ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए । उनले भारतका जायज चासोका विषयमा सम्बोधन गर्न सरकार तयार रहेको प्रष्ट पारे ।

भारतसँग नेपालको व्यापार घाटा चुलिंदै गएपछि व्यापार घाटा सन्तुलनमा ल्याउन यस पटक प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीसँग कुरा गर्ने बताएका छन् । भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब भन्दा बढी पुगेको छ । यो घाटा कुल व्यापार घाटाको ६६ प्रतिशत हो । व्यापार घाटा कम गर्न सरकारले उर्जा उत्पादनमा जोड दिने र उर्जाको व्यापार गर्ने रणनीति पनि अघि सारेको छ । यस पटकको भ्रमणमा उनले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कामलाई अघि बढाउने बताएका छन् ।

नेपाल अब विकासमा अगाडि बढ्ने भन्दै प्रधानमन्त्रीले छिमेकीहरुसँग पनि पारस्परिक लाभ र सहयोगपूर्ण सम्बन्ध कायम राख्नुपर्ने र आफ्नो भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्ने बताए । अब मित्रताको गीत गाउने मात्र नभई विकासमा सहकार्य गरेर लाभ लिनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले देशको अहित हुने गरी कुनै काम नगर्ने स्पष्ट पारेका छन् । छिमेकसँगको सम्बन्ध राष्ट्रिय हितको संरक्षण गर्दै समानता, पारस्पिरक लाभ र पारस्परिक सम्मानका आधारमा हुने उनको भनाइ छ ।

प्रधानमन्त्रीको यस पटकको भ्रमण मुलत राजनीतिक भन्दा पनि आर्थिक विषयमा केन्द्रित हुने देखिन्छ । उनले भारतसँग नेपालले झेल्नुपरेका विभिन्न समस्याका विषयमा पनि आफ्ना समकक्षीसँग कुरा उठाउने बताएका छन् । ग्यास बुलेटको समस्या सुल्झाउन पहल गर्नेदेखि लिएर उर्जाको व्यापार गर्नेसम्मको योजना प्रधानमन्त्रीले अघि सारेका छन् ।

भारत भ्रमणबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन-

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कार्कीको पहिलो सम्वोधनका मुख्य मुख्य कुराहरु यस्ता छन्

२४, २५ र २६ गतेका स्नातक तहका परीक्षा त्रिविले सार्‍यो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

एमालेको नयाँ कार्यदिशाः नेपाली विशेषताको समाजवाद, ओली निर्विकल्प, विद्या पक्ष हिस्स !(पूर्ण विवरणसहित)

एक मात्र खतरा जसले अमेरिका र चीनलाई एकताबद्ध गर्नुपर्छ

पुरुष + महिला + एप्स = खराब प्रेमसम्बन्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com