ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बराबरी सिद्धान्तका आधारमा मात्रै पार्टी एकता : अध्यक्ष दाहाल


admin

चितवन, १९ चैत ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताउनुभएको छ ।

भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।” यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उहाँले एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गर्नुभयो ।

अध्यक्ष दाहालले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुई वटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै उहाँले संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रुप दिनका लागि छलफल शुरु हुने बताउनुभयो ।

फरक प्रसंगमा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केही छलफल भएको बताउँदै भन्नुभयो, “यस बारेमा पनि मंगलबार संयोजन समितिमा छलफल हुन्छ ।” पत्रकारले “तपाईंको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जी जारी गरेको छ नि ?” भन्ने प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, “यो वाहियात कुरा हो, जवाफ दिन चाहन्न ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज एकैदिन मनाइँदै रक्षाबन्धन र जनैपूर्णिमा

  काठमाडौँ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

नेकपा एमाले सचिवालयको ११ औँ बैठकका निर्णय यस्ता छन्

काठमाडौं, २६ साउन ।  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति गठन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको

अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

काठमाडौं, २६ साउन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै

सम्बन्धित

आज एकैदिन मनाइँदै रक्षाबन्धन र जनैपूर्णिमा

नेकपा एमाले सचिवालयको ११ औँ बैठकका निर्णय यस्ता छन्

अध्यक्ष ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन कमिटी गठन

कोरोना सङ्क्रमणबाट एकै दिन ५ जनाको ज्यान गयो

जापानमा एकैदिन २ लाख ५० हजार सङ्क्रमित, २ सय ५१ जनाको मृत्यु

चुनावी रणनीतिबारे छलफल गर्न एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com