ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इलामका छ स्थानीय तहमा अझै बैंक छैन


admin
चैत्र १९, २०७४ सोमबार  ३ : ५३ बजे

इलाम, १९ चैत । स्थानीय तहको निर्वाचन सम्पन्न भएको आठ महिना वितिसक्दा पनि जिल्लाका छ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा स्थानीय बासिन्दालाई सदरमुकाम धाउनु पर्ने बाध्यता छ ।

गाउँपालिकामा जाने भनिएका बैंक नगएपछि गाउँपालिकाले सदरमुकाममै रहेको बैंकमा खाता खोलेर काम गर्दै आएको छ ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये तीन नगरपालिका र एउटा गाउँपालिकामा बाहेक बाँकी छ वटा स्थानीय तहमा कुनै पनि सरकारी तथा निजी स्थापना नगरिएकाले ती निकायलाई आर्थिक कारोवार गर्न समस्या हुने गरेको छ । माई नगरपालिका सन्दकपुर, माईजोगमाई, फाकफोकथुम, माङ्सेबुङ र रोङ गाउँपालिकामा अझै पनि बैंक स्थापना हुन सकेको छैन ।

इलाम, सूर्योदय र देउमाई नगरपालिकामा दर्जनभन्दा बढी बैंक पहिल्यै नै स्थापना भएका छन् भने अहिले पनि स्थापना हुने क्रम जारी छ । चुलाचुली गाउँपालिकामा भने भर्खरैमात्र एनएमबी बैंक स्थापना भएको छ । सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई समेत सास्ती भएकोे छ । बैंकको कामकै लागि घण्टौँ धाएर इलाम नगरपालिका धाउनुपरेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनुभयो ।

विकास निर्माणको मात्र नभएर स्थानीय तहभित्र काम गर्ने सबै क्षेत्रका कर्मचारी, शिक्षकको तलबसमेत गाउँपालिकामा नै गएको छ । तलब भत्ता, सामाजिक सुरक्षा भत्तालगायत रकम निकासा गर्नसमेत झन्झट भएको कर्मचारीकोे गुनासो छ । बैंक नभएकाले आर्थिक कारोवार गर्न कठिनाइ भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

स्थानीय तहको निर्वाचनको समयमा सिंहदरबारको अधिकार गाउँगाउँ पु¥याउने नेताहरुले भने पनि व्यवहारमा उतार्न सकेका छैनन् । दलहरूले निर्वाचनमा गरेका घोषणा अहिलेसम्म पनि कार्यान्वयन गराउन नसक्दा सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

सामाजिक सञ्जालमा भ्रम नछरी अनुसन्धानमा आउन तुलसालाई प्रहरीको अनुरोध

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

दोलखामा शिव भण्डारीसहितका नेताहरु एमालेमा समाहित, गुरुङलाई फराकिलो जीतका लागि सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com