ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राप्रपाले अनुशासन समिति अध्यक्षबाट हटाएपछि निर्वाचन आयोग पुगे नवराज सुवेदी


abc news

काठमाडौ २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले अनुशासन समिति अध्यक्षबाट हटाएपछि नवराज सुवेदी निर्वाचन आयोगमा पुगेका छन्।

पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल शम्शेर राणा र कुन्ती शाहीसहित आइतबार बिहान सुवेदीसहित राप्रपाका असन्तुष्ट नेताहरू निर्वाचन आयोग पुगेका हुन्।

सुवेदीले आफूलाई अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समिति अध्यक्षबाट हटाएको विषयमा निर्वाचन आयोगमा उजुरी पनि दिएका छन्।

अध्यक्ष लिङ्देनले असार २५ गते पार्टी अनुशासन समिति अध्यक्षबाट सुवेदीलाई हटाएर उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समिति अध्यक्ष पदमा मनोनीत गरेका थिए।

सोही दिन अध्यक्ष लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका थिए।

यी निर्णयहरू अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय समितिबाट नगरी एकलौटी रूपमा गरेको र उक्त कार्य विधानविपरीत रहेको राप्रपाका असन्तुष्ट नेताहरूको भनाइ छ।

अध्यक्ष लिङ्देनले भने पार्टी विधानअनुसार आफूलाई सहयोग गर्न पदाधिकारी नियुक्त गरेको उल्लेख गर्दै असहयोग नगर्न चेतावनी दिएका छन्।

‘विधानअनुसार अध्यक्षले उपाध्यक्ष, महामन्त्रीलगायत मनोनीत गर्ने व्यवस्था छ, मैले मनोनीत गरेको हुँ, अहसयोग नगर्नुहोस्,’ उनले भनेका छन्, ‘मैले गल्ती गरेको भए महाधिवेशनमा मलाई हराउने हो, अहिले काम गर्न अल्झाउने होइन।’

सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिु गठन भएको थियो। उक्त समितिले असार १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनु सुरू गरे पनि उक्त कार्यक्रम अहिले मत्थर भएको छ।

सुवेदीले संयुक्त जनआन्दोलन समितिु संयोजक हुँदै गर्दा राप्रपाको साधारण सदस्य पनि परित्याग गरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com