काठमाडौ २९ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र का सांसद शक्तिबहादुर बस्नेतले अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको आरोप लगाएका छन्।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले वर्तमान सरकार ठूलो हुंकारसहित गठन भएको एक वर्ष समेत पूरा गरिसकेको अवस्थामा संविधान संशोधनको चर्चा समेत हुनै छोडिसकेको बताए।
‘निकै ठूलो हुंकारसहित गठन भएको सरकार एक वर्ष पूरा गरेको छ,’ बस्नेतले भने, ‘यस बीचमा संविधान संशोधनको चर्चा त हुनै छोडिसक्यो। सरकार आर्थिक विकास र यसको मोडलको बारेमा त सबै उदांगो भइसक्यो। अनियमितताको ढाकछोप गर्नु सरकारको नियमित कार्य जस्तै भएको छ। जनसरोकारका विषयहरुमा सरकार बेखबर बन्दै गएको छ।’
उलने थपे, ‘सरकार राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर आफ्नो स्वेच्छाचारी कदमहरुलाई ढाकछोप र पुष्टि गर्ने कसरत गरिरहेको छ।’
सांसद बस्नेतले सरकार विपद्को पूर्वतयारीप्रति बेखबर रहेको आरोप लगाए।








प्रतिक्रिया दिनुहोस्