काठमाडौ २९ असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आफ्नो देशमा सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन्।
गत हप्ता मात्र अमेरिकाले युक्रेनमा केही महत्त्वपूर्ण हतियार आपूर्ति बन्द गर्ने बताएको थियो।
तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग नेटोमार्फत युक्रेनमा प्याट्रियट वायु रक्षा प्रणाली पठाउने बताएका थिए।
रुसको बढ्दो हवाई आक्रमणपछि अमेरिकाले उक्त निर्णय गरेको हो।
ट्रम्पले हतियार आपूर्ति बन्द भएमा युक्रेनको सुरक्षामा असर पर्ने चिन्ता व्यक्त गरेका थिए।








प्रतिक्रिया दिनुहोस्