काठमाडौ २९ असार । आगामी दसैँअगावै काठमाडौँ उपत्यकामा साझाका थप एकसय वटा विद्युतीय बस सञ्चालन हुने भएको छ।
सरकारले चीनबाट ल्याएर थप एकसय वटा बस साझा यातायातलाई सञ्चालन गर्न दिन लागेको हो।
आर्थिक वर्ष २०८२र०८३ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले साझा यातायातलाई थप एकसय विद्युतीय स्मार्ट बस उपलब्ध गराउने घोषणा गरेका थिए।
साझा यातायात सहकारी लिमिटेडमा नेपाल सरकारको ९९ प्रतिशत सेयर लगानी छ। हाल काठमाडौँ उपत्यकामा साझा यातायातका एकसयवटा बस सञ्चालनमा छन्।
साझाका ११५ वटा बसमध्ये बाँकी १५ वटा बस मर्मतको क्रममा रहेका एक अधिकारीले जानकारी दिए।
साझाले काठमाडौँ उपत्यक बाहेक लामो दूरीमासमेत बस सञ्चालन गर्दैै आएको छ। हाल बागलुङमा साझा यातायातले बस सञ्चालन गर्दै आएको छ।
साझा यातायातमा काठमाडौँ र ललितपुर महानगरपालिकाकोसमेत लगानी छ।








प्रतिक्रिया दिनुहोस्