ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस–माओवादीले जिसस निर्वाचनमा तालमेल गर्ने


admin
श्रावण १६, २०७४ सोमबार   ७ : २६   बजे

काठमाडौं, १६ साउन । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच जिल्ला समन्वय समितिको चुनावमा तालमेल गर्ने सहमति भएको छ ।

प्रदेश नम्बर २ को चुनावमा समेत तालमेल गरेर अघि बढ्न दुवै दल सहमत भएका छन् । कांग्रेसले चुनावी तालमेलका लागि गठन गरेको वार्ता समिति र माओवादी नेताहरुबीच चरणबद्ध छलफलपछि जिल्ला समन्वय समितिमा कसैको बहुमत नभएका जिल्लामा दुई दलबीच तालमेल गर्ने सहमति भएको हो ।

तालमेलको शुरुवात ललितपुरबाट भएको र यो सबै जिल्ला र स्थानीय तहको २ नम्बर प्रदेशको चुनावसम्म कायम रहने वार्ता समिति सदस्य तथा कांग्रेस नेता रमेश लेखकले बताउनुभयो । बा“की जिल्लामा पनि तालमेल गरेर जिल्ला समन्वय समिति बनाउने सहमति भएको छ । ललितपुरमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख लिएर तालमेल भएको छ ।

पहिलो र दोस्रो चरणमा चुनाव भएका ६७ जिल्लामध्ये ३० जिल्लामा एमालेको एकल बहुमत छ । कांग्रेसको ९ जिल्लामा एकल बहुमत छ भने माओवादीको ३ जिल्लामा बहुमत छ । २५ जिल्लामा कसैको पनि बहुमत छैन । चुनाव भएका धेरै जिल्लामा कांग्रेस र एमालेको बराबरी मत संख्या हुदा गोला प्रथाबाट छान्नुपर्ने अवस्था छ । यस्तो अवस्था मनाङ, मुस्ताङ लगायतका जिल्लामा छ । पा“चथर, भोजपुर, सोलुखुम्बु, लगायतका जिल्लामा कांग्रेस माओवादी मिल्दा एमाले बराबर सख्या हुन्छ र त्यहा“ गोलाप्रथाबाट निर्णय गर्नुपर्ने हुन्छ ।

मोरङमा एमालेलाई प्रमुख दिएर माओवादीले उपप्रमुख लिने गरी फोरम र फोरम लोकतान्त्रिक सहितको तालमेल भइसकेको छ । एमालेले यसअघि नै बाकेमा फोरमसँग र कैलालीमा फोरम लोकान्त्रिकसँग मिलेर जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । दाङमा माओवादीसँग एमालेको तालमेल भएको छ । यदि दाङमा केन्द्रीय सहमति अनुसार माओवादी एमालेसँगको तालमेलबाट पछि हटेमा जिल्ला समन्वय समितिमा एमाले र कांग्रेस माओवादी गठबन्धनको बराबरी मत हुनेछ । त्यहाँ पनि गोलाप्रथाबाट टुंगो लगाउनुपर्ने हुन्छ ।

तालमेलको सहमति गर्ने वार्ता टोलीमा कांग्रेसबाट बिमलेन्द्र निधी, रमेश लेखक र महेश आचार्य तथा माओवादीबाट कृष्णवहादुर महरा र वर्षमान पुन हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

विश्वकपको पहिलो खेलमै जर्मनीको ७–१ को प्रभावशाली जित, तर सानो टापु राष्ट्रको ऐतिहासिक गोलले सबैको मन जित्यो

अन्तिम समयमा जापानको शानदार पुनरागमन, नेदरल्यान्ड्ससँग २–२ को रोमाञ्चक बराबरी

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

बेरुजु अर्थतन्त्रको फोहोर हो ः वरिष्ठ अर्थविद् , डा. पुडासैनी भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group