ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जाजरकोट अस्पताल अस्तव्यस्त, दोषी को ?


admin

जाजरकोट, १८ चैत। जिल्ला अस्पताल प्रमुख तथा डेन्टल सर्जन चाँदनी जैसवाल गत मंसिरदेखि स्वास्थ्य सेवा विभागमा काजमा जानुभएको र त्यहीँबाटै बिदेश भ्रमणमा रहेका कारण अस्पताल सहित प्रशासनिक कार्य पनि अस्तव्यस्त छ ।

अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा निसराज बस्नेत पनि बिना बिदा एक वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । गत कात्तिकमा आएर जागिर जोगाउनुभएका उहाँको त्यस यता हाजिरी रजिष्ट्ररमा गायल जनाइएको छ । त्यस्तै मेडिकल अधिकृत डा कृष्णजंग शाह, मेडिकल अधिकृतहरू डा धर्मराज रेग्मी केशरजंग कार्की र डा सुनिल पुन पनि जिल्ला अस्पतालमा हुनुहुन्न । विभिन्न बहानामा जिल्ला छोड्नुभएका उहाँहरू कोही व्यक्तिगत रुपमा, कोही एमडीको तयारीमा त केही तामिलमा हुनुहुन्छ ।

यता जिल्ला अस्पताल भने करार सेवामा कार्यरत सिकारु डा अमिन शाहको भरमा चलिरहेको छ । पचास श्ययाको जिल्ला अस्पताल डा शाहले जेनतेन चलाइरहनुभएको छ ।

अस्पतालको प्रशासनिक प्रमुखको जिम्मेवारी पनि उहाँले चलाउनु पर्दा उपचारमा समेत बाधा पुगिरहे पनि यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन । अस्पताल प्रमुख नै नभएपछि चिकित्सकहरू आफू खुशी जिल्ला बाहिर हिँड्दा उपचार सेवा प्रभावित भएको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीका अनुसार अस्पताल प्रमुख नहुँदा अस्पतालको प्रशासनिक कार्य अस्तव्यस्त र उपचार सेवा प्रभावित भएकाले काज फिर्ता गर्न पटकपटक ताकेता गरे पनि पहुँचको भरमा डा जैसवाल मन्त्रालयमा काजमा बस्दै आउनुभएको छ । मैले पटकपटक काज फिर्ता गराउन ताकेता गरे तर सुनुवाइ नभएको चर्चा गर्दै उहाँ भन्नुहुन्छ – “जिल्ला अस्पतालमा दरबन्दीमा कार्यरत कुनै पनि चिकित्सक जिल्लामा छैनन् । एकजना करारका चिकित्सकको भरमा जिल्ला अस्पताल चलिरहेको छ । एकजनाले २४ सै घण्टा उपचार गर्न कसरी भ्याउँछन् । निकै समस्या भइसक्यो ।”

जिल्ला अस्पतालमा मात्र होइन जिल्लाका ग्रामीण भेगमा रहेका तीन वटा प्राथमिक स्वास्थ्य केन्द्रसमेत चिकित्सकविहीन छन् । दल्ली, लिम्सा र गर्खाकोटमा कार्यरत मेडिकल अधिकृत विभिन्न बहानामा जिल्ला छोडेर गएपछि ती स्वास्थ्य संस्था चिकित्सकविहीन भएका हुन् ।

लिम्सामा कार्यरत डा सञ्जीवकिरण प्रधान, गर्खाकोटमा कार्यरत डा पवन शाक्य र दल्लीमा कार्यरत डा सञ्जयकुमार यादव र डा सञ्जय थापा एक महिनादेखि जिल्ला बाहिर जानुभएको छ । डा यादव जाजरकोटका प्रमुख जिल्ला अधिकारी शाहीले धम्क्याएको भन्दै जिल्ला छोडको बताइन्छ भने अन्य चिकित्सक एमडीको तयारीमा काठमाडौँ गएका हुन् । लामो समयपछि प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक गएर उपचार सेवा दिन थालेपछि खुशी भएका स्थानीय बासिन्दा अहिले निराश छन् ।

अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र शाहले अस्पताल प्रमुख जैसवाललाई काजमा राखेर स्वास्थ्य विभागले नै अस्पताललाई अस्तव्यस्त पारेको प्रतिक्रिया दिनुहुन्छ । उहाँलेकाजमा रहेका डा जैसवालको काज फिर्ता गर्न र अन्य चिकित्सकलाई पनि जिल्लामा नियमित बस्ने वातावरण मिलाउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

छैन सिटामोल 

सरकारले ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जिल्ला अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैन । यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ ।

बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो । अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल, कफ सिरफ, आरएल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ । मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ तर निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन् ।

अस्पतालमा प्रसुति सेवाका लागि गज, कटन, ग्लोब्सलगायतक सामग्री अभाव छ । भेरी नगरपालिकाले चालू आवमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो तर नगरपालिकाले भने २५ श्ययासम्मका अस्पतामा मात्र औषधि पु¥याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० श्ययाको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ ।

दुई वर्षअघि १५ श्ययाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० श्ययाको बनाइएपछि औषधि पाइन छाडेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com