ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्ग सामुहिक बलात्कार काण्डमा आयो नँया ट्वीष्ट, अभियुक्तले भने मलाई फसाएको हो


admin

काठमाडौं, १५ चैत । काठमाडौंको दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा भएको भनिएको सामूहिक बलात्कारका मुख्य आरोपी शैलेश कार्कीको बयान सकिएको छ।

बयानमा शैलेशले सामूहिक बलात्कार अस्वीकार गर्दै आफुलाई फसाएको दाबी गरेका छन्। पीडित युवतीका प्रेमी भनिएका शैलेशले पहिलादेखि नै युवतीसंग सम्बन्ध रहँदै आएको र त्यसदिन पनि सहमतिमै दुई पटक यौन सम्पर्क भएको बयान दिएका छन्। उनले आफूहरु प्रेमीप्रेमिका भएको र विवाह गर्ने सहमतिपछि प्रहरी कार्यालयबाट छुट्टिएको बताएका छन्।

‘आजभन्दा आठ महिनाअघि फेसबुकबाट चिनजान भई ६ महिनाअघिदेखि भेटघाट गरी देखभेट भई चिनजान भएको हो’, शैलेशले बयानमा भनेका छन्, ‘कमलादीस्थीत होटल ल्यान्डमार्क अपार्टमेन्टमा पुगेपछि म र जाहेरीवाली दुवैजना एउटै कोठामा बस्यौं। अन्य साथीहरु अन्य कोठामा बसे। जाहेरीवाली र म एउटै कोठामा कुराकानी गर्दागर्दै रातिको समयमा जाहेरीवालीसँग निजको सहमतिमा मैले निजलाई दुईपटक सहमतिमा शारीरिक सम्पर्क भएको हो। त्यसपछि विस्तारामा मोबाइल खेलाउँदै गर्दा फोन आएकाले एक अर्काको मोबाइल चेक गर्ने निहुँमा सानो विवाद आएका हुनाले सोही रुममा रहेको अर्को बेडमा गएर सुतेको हुँ। निदाएपछि बिहान मात्रै थाहा भई बिउझँदा उसले मलाई घरसम्म पुर्‍याइदिन आग्रह गरेकी थिई।’

घटनाका चार आरोपीमध्ये शैलेशमात्र पक्राउ परेका छन्। प्रहरी अनुसन्धानमा बलात्कारको घटना मिलाउन शैलेशको समूहले ३० लाख रुपैयाँ दिएको खुलेको थियो। शैलेशले भने विवाह गर्ने सहमतिपछि घटना मिलेको बताएका छन्। प्रहरीमा उजुरी परेको कुराले आफू आश्चर्य चकित परेको पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com